default_image

2 years ago

November 14, 2022

नेपाललाई युएईको बलियो लक्ष्य

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी बायाँ हाते अलराउन्डर रोहन मुस्तफाको अर्धशतकमा युएईले पहिलो ओडिआई खेलमा घरेलु टोली नेपाललाई २ सय ६४ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनायो । युएईका रोहन मुस्तफाले ७३ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनमा बनाए । मुस्तफाको यो ओडिआई करिअरको छैटौं र नेपालविरुद्ध दोस्रो अर्धशतक हानेका हुन् ।

टियु एण्डबाट आएका तीव्र गतिका बलर गुलशन झाले आक्रामक सुरुवात गरेका ओपनर मोहम्मद वासिमलाई ४४ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाए । वासिमले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

अन्तिम बलमा कभरमा युएईका कप्तान सिपी रिजवानको दुई रनमा कुशल भुर्तेलले उत्कृष्ट क्याच लिएपछि नेपालले एकै ओभरमा दुई विकेट लिएको थियो । पहिलो विकेटका लागि वासिम र वृत्य अरविन्दले १४.२ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

११ औं ओभरको चौथो बलमा नेपालले वृत्य अरविन्दलाई १८ रनमा रन आउट गर्न चुकेको थियो । नन स्ट्राइकबाट मोहम्मद वासिमसँग तालमेल नमिल्ला उनी पिचको आधा भागमा गएर फर्किदा नेपालले रन आउट गर्ने राम्रो अवसर चुकाएको थियो ।

चोभार एण्डबाट आएका स्पिन अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अरविन्दलाई २७ औं ओभरको पाँचौं बलमा एलबीडब्लू आउट गरे । अरविन्दले ८२ बलमा ६ चौकासहित ४० रनमा पेभेलिएन फर्के । तेस्रो विकेटका अरविन्द र रोहन मुस्तफाले ५२ रनको साझेदारी गरेका थिए ।

४२ औं ओभरको दोस्रो बलमा बासिल हामिद र एलिशान शराफुबीच तालमेल नमिल्दा दुबै ब्यार एकै एन्डमा दौडिएलका थिए । शारिफु २९ रनमा रन आउट भए । उनले ३९ बलमा २ चौका प्रहार गरे । बासिल हामी १६ बलमा १ चौकासहित १४ रनमा रन आउट भए ।

सातौं विकेटका लागि अयान अफ्जल खान र अहमेद राजाले ४८ रनको साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । अन्तिम ओभरको चौथो बलमा रन आउट हुनुअघि खानले २८ बलमा १ चौका र १ छक्कासहित २६ रन बनाए । राजा १६ बलमा १ चौका र २ छक्कासहित २७ रनमा अविजित रहे ।

नेपालका तीव्र गतिका बलर गुलशन झाले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ६७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

January 12, 2025

शकिब, लिटनबिना बंगलादेशको च्याम्पियन्स ट्रफी टोली घोषणा

एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]

January 12, 2025

जाधवले बनाइन् ५० ओभरको खेलमा ३ सय ४६ रन !

एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]

January 12, 2025

शीर्षस्थानमा रहँदै पुलिस एलिट कपको फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ । एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ […]

Success

Thank you for your time.