default_image

2 years ago

November 14, 2022

नेपालले युएईसँग हार्नुको प्रमुख पाँच कारण

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल पहिलो ओडिआई खेलमा युएईसँग ८४ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । योसँगै तीन ओडिआई खेलको सिरिजमा युएईले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । दीपेन्द्रसिंह ऐरी ८४ बलमा ६ चौकासहित सर्वाधिक ५४ रनमा क्याच आउट भए । डेब्यू खेल खेलेका अर्जुन साउद ७९ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । युएईका आयन अफ्जल खानले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनायो । युएईका बायाँ हाते अनुभवी ब्याटर रोहन मुस्तफाले ७३ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनमा बनाए । नेपालका तीव्र गतिका बलर गुलशन झाले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

टस नेपालले जितेपनि खेलमा हाबी युएई बन्यो । नेपालको हारमा खेलाडीको खराब प्रदर्शनसँगै प्रशिक्षक र टिम म्यानेजमेन्टको पनि ठूलो गल्ती छ । नेपालले मैदान उतारेको प्लेइङ ११ मै थुप्रै प्रश्नहरु उठाउने ठाउँछन् । नेपालले युएईसँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५.बलिङमा कमजोर सुरुवात

नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लियो । तर नेपालको सुरुवात राम्रो हुन सकेन । राम्रो सुरुवातको कारण युएईले बलियो योगफल बनायो । ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दले पहिलो विकेटका लागि १४.२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए । सुरुवातमै राम्रो सुरुवात पाएपछि युएईका मध्यक्रमका ब्याटरले विना दबाब खेल्न पाए ।

मुस्तफाको अर्धशतक बाहेक अन्य कुनैपनि ब्याटरले ठूलो इनिङ खेलेनन् । तर योगफल बलियो बनेको थियो । त्यसको मुख्य कारण बलियो सुरुवात हो । कुनैपनि टोलीलाई कम योगफलमा रोक्न सुरुवातमा राम्रो बलिङ गनुपर्ने हुन्छ । तर नेपालको सुरुवातनै कमजोर रह्यो ।

सुरुवातमै विकेट लिँदा मध्यक्रमका ब्याटरलाई दबाब बढ्ने थियो । दबाबमा विकेट आउने सम्भावना उच्च हुन्छ । अर्कोतर्फ युएईको मध्यक्रम र तल्लोक्रम ब्याटिङ मुख्य कमजोरी हो । सुरुवातमा विकेट लिएको भए सस्तैमा अल आउट गर्न सक्थ्यो । सुरुवातमा विकेट लिन नसक्नु हारको एक कारण हो ।

४.बायाँ हाते अर्थोडक्स स्पिनर समस्या दोहोरिनु

पछिल्लो समय नेपाली ब्याटरले बायाँ हाते अर्थोडक्स स्पिनर सामना गर्न सकेका छैनन् । नेपाली ब्याटरको कमजोरी १७ वर्षीय युएईका स्पिनर आयन अफ्जल खानले भरपूर्ण फाइदा उठाए । उनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिए ।
डेब्यू खेल खेलेका आयनले आफ्नो पहिलो बलमै ओपनर आसिफ शेखलाई सातौं ओभरको पहिलो बलमा १२ रनमा एलबीडब्लू आउट गराए ।

चोभार एण्डबाट आएका आयनले ओडिआई करिअरको पहिलो विकेट लिँदै सानदार सुरुवात गरे । त्यसको एक बलपछि अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल कभरमा एलिशान शराफुले शून्यमा क्याच लिएका थिए । त्यसपछि युएई निरन्तर हाबी बन्यो ।
नवौं ओभरको पहिलो बलमा आयनले कप्तान रोहित पौडेललाई एक रनमा बोल्ड गरे ।

आयनको बलमा रोहितको बेल खसेको थियो । आयनले कुशल भुर्तेललाई ६ रनमा क्याच गराउँदै जितको आधार तय गरे । गत वर्ष आइसिसी टि२० विश्वकप छनोट ए को सेमिफाइनलमा ६८ रनले हराउँदै विश्वकप खेल्ने अवसर गुमाएको थियो ।

त्यो समय बायाँ हाते अर्थोडक्स स्पिनर अहमद राजाले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिएका थिए । गत जुलाई आइसिसी विश्वकपमा स्कटल्यान्डका अर्थोड्रक्स स्पिनर मार्क वाट्ले तीन र हम्जा ताहिर ४ विकेट लिएपछि नेपाल १ सय २८ रनमा अल आउट भएको थियो । यी दुई उदाहरण मात्रै हुन् । यो समस्या पुनः घातक बनेको थियो । बायाँ हाते अर्थोडक्स स्पिनरको सामना गर्न नसक्नु हारको प्रमुख कारण हो ।

३. दीपेन्द्र र अर्जुनले साथ नपाउनु

टियुको पिचमा २ सय ६४ रन खासै ठूलो भने होईन । तर त्यसको लागि एक ब्याटरले ठूलो इनिङ खेल्नुपर्छ । कम्तिमा एउटा जोडीले ठूलो साझेदारी गर्नुपर्छ । दीपेन्द्रसिंह ऐरी र अर्जुन साउदले पाँचौं विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।
यी दुई ब्याटरले साझेदारी गर्दै आशा दिलाएका थिए ।

यी दुबै ब्याटर अर्धशतक बनाएर आउट भए । यी दुई ब्याटरलाई अन्यले साथ दिएनन् । लगातार विकेट गुम्यो । लगातार विकेट गुम्दाको दबाबमा दीपेन्द्र र अर्जुनले पनि ठूलो इनिङ खेल्न सकेनन् ।

ज्ञानेन्द्र, आसिफ शेख, रोहित पौडेल, हरि शंकर र कुशल मध्य एकले साथ दिनुपर्ने थियो । यहिँ मैदानमा केहि दिनअघि आर्मीले प्रधानमन्त्री कपमा पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य पूरा गरेको थियो । नेपालको ब्याटरको सट छनोट पनि खराब थियो । गैर जिम्मेवारी पुन दोहोरियो ।

२. ब्याटिङ क्रममा अनावश्यक प्रयोग

नेपालले युएईबीच ब्याटिङ क्रममा अनावश्यक प्रयोग गर्यो । ओपनरमा आसिफ शेख र अर्जुन साउद आए । नियमित ओपनर कुशल भुर्तेललाई सातौं नम्बरमा ब्याटिङ पठाएको थियो । भुर्तेल ६ रनमा आउट भए । घरेलु क्रिकेटमा ओपनिङ गर्दै आएका हरिशंकरले डेब्यू खेलमै पाँचौं नम्बरमा ब्याटिङ गर्दै ८ रनमा आउट भए । नियमित चार नम्बरमा ब्याटिङ गर्ने छैटौं नम्बरमा गरेका थिए । रोहितलाई पाँचौं नम्बरमा पठाएको थियो ।

कुनैपनि टोलीको परिवर्तन ब्याटिङ क्रमले प्रदर्शनमा असर पर्छ । ब्याटिङ क्रम परिवर्तन हुँदा खेलाडीले आफ्नो खेल्ने शैली परिवर्तन गर्नुपर्छ । मानसिक सोच र तयारी पनि परिवर्तन हुन्छ । खेलाडीलाई आफ्नो भूमिका स्पष्ट नहुँदा झनै प्रदर्शन खराब हुने सम्भावना उच्च हुन्छ ।

ओपनर कुशललाई फिनिसरको भूमिका दिएर त पक्कै हुँदैन । फिनिसर नै खेलाउनु पर्छ । टोलीमा आरिफ शेख र आदिल अन्सारी थिए । वा शीर्ष तीनमा खेलाउनु पर्ने थियो । करण वा सोमपाललाई ओपनिङ गराए सफल हुँदैन । ओपनर र फिनिसर दुवैको खेल्ने शैली फरक हुन्छ । नयाँ बल र पूरा बल खेल्न तयारी त्यसै अनुसार हुनुपर्छ ।

कुशलले फरक प्रदर्शन गरेपछि त्यसको जिम्मा टिम म्यानेजमेन्टले लिनुपर्छ । कुशल त्यो भूमिकामा सफल भएनन् भने उनलाई दोष दिन मिल्दैन । उनको भूमिका त ओपनर हो । हरिशंकर घरेलु क्रिकेटमा ओपनर बनेका मध्यक्रम कसरी खेल्न सक्छन् ।
मध्यक्रमका ब्याटरलाई नै मौका दिनुपर्छ ।

नेपालले अनावश्यक ब्याटिङ क्रम राख्यो । जसको कारण ब्याटरहरुले आफूलाई त्यो शैलीमा ढाल्न सकेनन् । प्रदर्शन खराब बन्यो । हारको यो मुख्य कारण अनावश्यक ब्याटिङक्रम थियो । आगमी खेलमा केहि खेलाडी परिवर्तनसँगै ब्याटिङ क्रममा सुधार हुन आवश्यक देखिन्छ ।

१. असन्तुलित टोली

नेपालको हारको मुख्य कारण टिममा असन्तुलित प्लेइङ ११ हो । नेपालले आजको खेलमा पाँच ओपनर खेलाएको थियो । कुशल, आसिफ, हरिशंकर, अर्जुन र ज्ञानेन्द्र मल्ल थिए । ओपनरलाई मध्यक्रम र फिनिसरमा खेलाएर हुँदैन । जुन तयारी र भूमिका हो त्यसैमा खेलाउनु पर्छ । अनि मात्रै नतिजा आउँछ । ज्ञानेन्द्रले शीर्षक्रममा गर्दा अन्य सबैले घरेलु क्रिकेटमा ओपनरको रुपमा खेल्दै आएका छन् ।

नेपालले आज एक मात्र प्रमुख स्पिनर ललित नारायण राजवंशीलाई मैदान उतार्यो । नेपालले तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र गुलशन झालाई मैदान उतारेको थियो । चौथो विकल्पको तीव्र गतिको बलर नेपालसँग थिएन । स्पिनरमा पार्टटाइम दीपेन्द्र र हरि शंकर थिए । हरिशंकर विकेट टेकर बलर भने होइनन् ।

आश्चर्य कुरा त पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका आरिफ शेख टोलीमै थिएनन् । त्यस्तै आदिल आलम पनि थिएनन् । फिनिसर बेन्चमा हुँदा ओपनरलाई त्यो भूमिका दिएको थियो । यसको जिम्मेवारी कसले लिने ?

ललितले राम्रो जोडी पाएनन् । एक बलर सफल हुन अर्को एन्डबाट राम्रो साथ चाहिन्छ । नेपालको प्लेलिइङ ११ निकै असन्तुलित थियो । ब्याटिङ र बलिङ आक्रामण दुबै मिलेको थिएन । त्यसको फाइदा युएईले भरपूर्ण रुपमा लियो । असन्तुलित प्लेइङ ११ नेपालको हारको मुख्य कारण हो । जुन आगमी खेलमा सुधार गर्नुपर्ने हुन्छ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.