default_image

3 years ago

November 15, 2022

प्याट कमिन्सले आइपिएल नखेल्ने

207 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका तीव्र गतिका बलर तथा टेस्ट र ओडिआई कप्तान प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ नखेल्ने घोषणा गरेका छन् ।

कमिन्सले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय ब्यस्तता र विश्वकपको कारण देखाउँदै नखेल्ने जनाएको छन् । कमिन्स आइपिएलमा कोलकाता नाइट राइडर्समा आबद्ध थिए । ‘मैले कठिन निर्णय लिएको छु । आगमी सिजनको आइपिएल गुमाउने छु । आगमी १२ महिना टेस्ट र ओडिआईले गर्दा अन्तर्राष्ट्रिय तालिका ब्यस्त छ । त्यसैले केहि विश्राम पनि लिन चाहन्छु । एसेज सिरिज र विश्वकप पनि छ’, कमिन्सले लेखेका छन् ।

कोलकाताले कमिन्सलाई गतवर्ष ७ करोड २५ लाख भारुमा किनेको थियो । २०२० मा भने कमिन्सलाई कोलकाताले कीर्तिमानी मूल्य १५ करोड ५० लाख भारुमा टोलीमा अनुबन्ध गरेको थियो ।

कमिन्स तीव्र गतिको बलिङसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । गतवर्ष आइपिलमा मुम्बईविरुद्ध १४ बलमै अर्धशतक हानेका थिए । कमिन्सले आइपिएलमा ४२ खेलमा ४५ विकेट लिएका छन् । ३ अर्धशतकसहित ३ सय ७९ रन बनाएका छन् ।

त्यस्तै इंग्ल्यान्डका विकेटकिपर साम बिलिंग्सले पनि आइपिएल २०२३ नखेल्ने जनाएका छन् । विलिंग्स गतवर्ष २ करोड भारुमा कोलकातामा अुबन्ध भएका थिए । साम बिलिंग्सले टेस्ट क्रिकेटमा ध्यान दिँदै इंग्ल्यान्डको घरेलु क्रिकेटमा केन्द्रित हुने जनाएका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.