default_image

3 years ago

November 15, 2022

पोलार्डले अव आइपिएल नखेल्ने

215 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका विष्फोटक ब्याटिङ अलराउन्डर काइरन पोलार्डले इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । पोलार्डले मंगलबार आइपिएलबाट सन्न्यास लिएको जनाएका छन् । खेलाडीको रुपमा आइपिएलमाबाट आफ्नो १३ वर्ष करिअरमा पूर्ण विराम लगाएका छन् ।

२०१० देखि नै मुम्बईबाट आइपिएल खेलेका पोलार्डले मुम्बईबाटनै सन्न्यासको घोषणा गरेका छन् । अव उनी मुम्बईको ब्याटिङ प्रशिक्षकको रुपमा काम गर्नेछन् ।

मुम्बईलाई पाँच पटक उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका पोलार्डले सन्न्यास लिएको जनाएका हुन् । मुम्बईलाई पहिलो उपाधि जिताउन पोलार्डले २०१३ मा चेन्नईविरुद्ध फाइनलमा ६० रनको विष्फोटक इनिङ खेलेका थिए । त्यसपछि २०१५, २०१७, २०१९ र २०२० मा मुम्बईले उपाधि जित्दा सबै संस्करणमा पोलार्डको प्रदर्शन सानदार थियो ।

मुम्बईमा दुई विष्फोटक ब्याटर पोलार्ड र हार्दिक पान्ड्याको जोडी जमेको थियो । गतवर्ष पोलार्डले वेस्टइन्डिजको टोलीबाट सन्न्यास लिएका थिए । गत सिजनको आइपिएलमा पोलार्डको प्रदर्शन पनि राम्रो थिएन ।

गतवर्ष ११ खेलमा १ सय ४४ रन बनाउँदा उच्च प्रदर्शन २५ रन मात्रै थियो । २०१८ मा १ सय ३३ र २०११ मा १ सय ४६ रन बनाएका थिए । त्यसपछिको सबैभन्दा खराब प्रदर्शन थियो । ३५ वर्षीय पोलार्डले आइपिएलमा १ सय ८९ खेल खेल्दा ३ हजार ४ सय १२ रन बनाउँदा ६९ विकेट लिएका छन् ।

पोलार्ड आइपिएलमा थुप्रै पटक एक्लै खेललाई सहजरुपमा जिताएका छन् । तर पछिल्लो पटक खराब प्रदर्शनपछि मुम्बईले उनलाई टोली बाहिर गरेको थियो । गत सिजनको आइपिएलमा मुम्बईले पोलार्डलाई ६ करोड भारुमा किनेको थियो ।

आइपिएल २०२३ को अक्सन आगमी डिसेम्बर २३ मा हुँदैछ । गतवर्ष पहिलो पटक पुछारमा रहेर बाहिरिएको मुम्बईलाई उत्कृष्ट टिम निर्माणको चुनौती हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.