default_image

3 years ago

November 15, 2022

कप्तान विलियम्सन र पुरन हैदराबादबाट फुकुवा

327 views

0 Bookmark

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को लागि कप्तान केन विलियम्सन र निकोलस पुरनलाई टोलीबाट फुकुवा(रिलिज) गरेको छ ।

हैदराबादले दुई प्रमुख विदेशी खेलाडीलाई टिमबाट फुकुवा गर्ने निर्णय लिएको हो । हैदराबादले विलियम्सनलाई १४ करोड भारुमा किनेको थियो । आइपिएलमा ७६ खेल खेल्दा विलियम्सनले २ हजार १ सय १ रन बनाएका छन् ।

गतवर्ष हैदराबादले विलियम्सनलाई पहिलो रोजाईमा टोलीमा राखेको थियो । अफगानिस्तानका लेगस्पिनर राशिद खानलाई फुकुवा गर्दै गुजरात पठाएको थियो । तर पछिल्लो समय विलियम्सनको टि२० प्रदर्शनमा प्रश्न उठ्दै आएको छ । विश्वका वर्तमान समयका उत्कृष्ट कप्तान केन विलियम्सनलाई हैदराबादले फुकुवा गर्ने निर्णय लिएको हो ।

त्यस्तै वेस्टइन्डिजका कप्तान निकोलस पुरनलाई पनि टोलीबाट फुकुवा गरेको छ । पुरनलाई हैदराबादले १० करोड ७५ लाख भारुमा किनेको थियो । पुरनको भने प्रदर्शन राम्रो छैन । विकेटकिपर ब्याटर पुरनले पछिल्लो समय लगातार खराब प्रदर्शन गर्दै आएका छन् ।

त्यस्तै पन्जाब किंग्सले आफ्ना कप्तान मयंक अग्रवाललाई फुकुवा गर्ने भएको छ । शाहरुख खानलाई टोलीमै राख्ने जनाएको छ । पन्जाबले शिखर धवनलाई कप्तान बनाउने छ । राजस्थान रोयल्सले दक्षिण अफ्रिका ब्याटर रास्सी भान डर डुसेनलाई फुकुवा गर्ने भएको छ ।

न्युजिल्यान्डका ब्याटिङ अलराउन्डरलाई पनि फुकुवा गर्ने भएको छ । रोयल च्यालेन्जर्स बेंगलोरले ६ विदेशी खेलाडी ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा, जोश हेजलवुड, फिन एलेन, फाफ डु प्लेसिस र डेविड विल्लीलाई टोलीमै राख्ने भएको छ ।

आज खेलाडी रिटेन र लिलिजको अन्तिम दिन हो । मिनि अक्सन आगमी २३ डिसेम्बरमा हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.