3 years ago
November 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीको कप्तानीमा नै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को कप्तानी गर्ने भएका छन् । पहिलो संस्करणको आइपिएल २००८ देखिनै धोनीले चेन्नईको कप्तानी गर्दै आएका छन् ।

आइपिएलको सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नईले धोनीको कप्तानीमा चार आइपिएल उपाधि जितेको छ । गतवर्ष चेन्नईले रविन्द्र जडेजालाई कप्तानको जिम्मेवारी दिएको थियो । तर जडेजाले केहि खेलमा कप्तानी गरेपछि पुन धोनीले गरेका थिए ।
गतवर्ष अक्सनमा १६ करोड भारुमा टोलीमा किनेको जडेजालाई टोलीमै राखेको छ । चेन्नईले आइपिएल इतिहासका सर्वाधिक सफल बलर ड्वेन ब्राभोलाई टोलीबाट फुकुवा गरेको छ । ब्राभोले आइपिएलमा १ सय ६१ खेल खेल्दै १ सय ८३ विकेट लिएका छन् । आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी ब्राभोलाई फुकुवा गर्ने निर्णय लिएको हो ।
त्यस्तै १४ करोड भारुमा किनेका तीव्र गतिका बलर दीपक चाहरलाई पनि टोलीमै राखेको छ । चेन्नईले यसै साता टि२० विश्वकप विजेता क्रिस जोर्डनलाई पनि फुकुवा गरेको छ । चेन्नईले ब्राभो, रोबिन उथप्पा, एडम मिल्ने, हरि निशान्त, क्रिस जोर्डन, भगत वर्मा, केएम आसिफ र नारायण जगादिशनलाई फुकुवा गरेको छ ।
चेन्नईसँग अक्सनमा अव २० करोड ४५ लाख भारु बाँकी छ । दुई खेलाडी विदेशी कोटामा किन्न पाउने छ । मिनी अक्सन आगमी डिसेम्बर २३ मा हुनेछ ।
चेन्नईको टोली :
महेन्द्रसिंह धोनी (कप्तान), डेभन कन्वे, ऋतुराज गायकवाड, अम्बाती रायुडू, सुभ्रान्शु सेनापती, मोईन अली, शिवम दुबे, राजवर्धन, हांगरगेकर, ड्वेन प्रिटोरियस, मिचेल सान्टनार, रविन्द्र जडेजा, तुषार देशपान्डे, मुकेश चौधरी, महेश थिक्सना, मथिसा पाथिराना, सिमरजित सिंह, दीपक चाहर, प्रशान्त सालन्की ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]