default_image

2 years ago

November 24, 2022

नाटकीय विकेट पतनसँगै कर्णाली सस्तैमा अल आउट

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राम्रो सुरुवातको बाबजुद नाटकीय रुपमा विकेट पतन भएपछि कर्णाली प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १ सय २८ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली ३२.३ ओभरमा १ सय २७ रनमा अल आउट भयो । कर्णालीका दीनेश अधिकारी ३२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रनमा अविजित रहे । उनलाई अर्को एन्डबाट कुनैपनि ब्याटरले साथ दिन सकेनन् ।

ओपनर सुवास ऐर ३५ बलमा ४ चौका र १ छक्कासहित ३० रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । कर्णालीको सुरुवात उत्कृष्ट रह्यो । ओपनर विपिन रावल र सुवास ऐरले पहिलो विकेटका लागि ९.४ ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

चोभार एण्डबाट आएका तीव्र गतिका बलर कैलाश ऐरलाई लगातार तीन चौका हान्ने धुनमा मिस हुँदा सुवास एलबीडब्लू आउट भएका थिए । त्यसपछि कर्णालीले लगातार विकेट गुमायो । राम्रो सुरुवात गरेपनि कर्णालीले ५१ रन जोड्न ९ विकेट गुमाएपछि ९९-९ को दयनीय अवस्थामा पुगेको थियो ।

१८ बल खेल्दै रोशन शाही २ रनमा आउट भए । स्पिनर नरेन्द्र साउदले विपिन शाहीलाई १९ रनमा एलबीडब्लू धरापमा पारेपछि कर्णाली १५.५ ओभरमा ६०-३ को अवस्थामा पुगेको थियो । कप्तान विपिनको विकेटपछि कर्णालीका ब्याटर क्रिजमा सम्हालिन सकेनन् । विपिनले ४६ बलमा २ चौका प्रहार गरे ।

अभिषेक बम शून्यमा रन आउट भए । सन्दीप शाही १० रनमा मिलन बोहराको बलमा बोल्ड आउट भए । उनले १८ बल खेल्दै १ चौका र १ छक्का हाने । त्यसपछिका तीन ब्याटर मोहन विक, अनुज चनारा र युनिस सिंह शून्यमा पेभेलिएन फर्केका थिए ।
अन्तिम विकेटका लागि दीनेश अधिकारी र विनित खत्रीले २८ रनको साझेदारी गरेका थिए । मिलन बोहराले विनित खत्रीलाई एक रनमा बोल्ड गरे ।

सुदूरपश्चिमका मिलन बोहराले ७.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । नरेन्द्र साउदले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी र कैलाश ऐरले एक एक विकेट लिए ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.