default_image

1 year ago

November 25, 2022

आकाशको पाँच विकेटमा सुदूरको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर आकाश चन्दको पाँच विकेटमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । सुदूरले साविक विजेता लुम्बिनी प्रदेशलाई १ सय रनको फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएकोे लुम्बिनी २१ ओभरमा […]

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर आकाश चन्दको पाँच विकेटमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । सुदूरले साविक विजेता लुम्बिनी प्रदेशलाई १ सय रनको फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएकोे लुम्बिनी २१ ओभरमा ८० रनमा अल आउट भयो । लुम्बिनीका ओपनर आकाश त्रिपाठीले २३ बलमा ४ चौकासहित सर्वाधिक २२ रन बनाए । सिनियर टोलीबाट खेलि सकेका देव खनाल १८ बलमा २ चौकासहित १३ रनमा आउट भए ।

एक समय लुम्बिनी ५.५ ओभरमा ३६–१ को अवस्थामा थियो । कैलाश ऐरको बलमा देव क्याच आउट भएका थिए । देव आउट भएपछि लुम्बिनीका कुनैपनि ब्याटर क्रिजमा टिक्न सकेनन् । कप्तान विशाल विक्रम केसी ९ र मनोज मगर ११ रनमा आउट भए । विशाल भुषाल, प्रज्वल थापा र नर सार्कीले खाता खोल्न सकेनन् ।

सुदूरपश्चिमका आकाश चन्दले ३ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । हेमन्त धामीले ८ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । कैलाश ऐरले एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूर ४९.५ ओभरमा १ सय ८० रनमा अल आउट भएको थियो । सुदूरका दीपक बोहराले ७३ बलमा ८ चौकासहित सर्वाधिक ५४ रन बनाए । ओपनर दीपक बोहरा भने २४ बलमा ४ चौकासहित १७, विशाल ऐर १६, अनुराग सिंह ९, मिलन बोहरा १ र गजेन्द्र बोहरा १९ रनमा आउट भए ।

नरेन साउद १७, हेमन्त धामी १५, सुनिल चन्द र आकाश चन्दले ७–७ रन बनाए । विशाल विक्रम केसी ६ ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । नर सार्की र निर्मल गुरुङले २ विकेट लिए । निर्मलले १० ओभरमा ५ मेडन राख्दै २० रन खर्चेका थिए ।

पहिलो खेलमा सुदूरले कर्णालीलाई पाँच विकेटले हराएको थियो । सुदूर ४ अंकका साथ शीर्ष स्थानमा छ । सुदूरले आइतबार गण्डकी प्रदेशसँग खेल्नेछ । लुम्बिनीको भने यो पहिलो खेल हो । लुम्बिनीले शनिबार कर्णालीसँग खेल्नेछ । ७ प्रदेश सहभागी प्रतियोगितामा सिंगल राउन्ड रोविनको आधारमा शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.