default_image

1 year ago

November 25, 2022

लाथमको उत्कृष्ट शतकमा भारतमाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – विकेटकिपर टम लाथमको सानदार शतकमा न्युजिल्यान्डले पहिलो ओडिआई खेलमा भारतमाथि ७ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा १-० को अग्रता लिएको छ । जितको लागि ३ सय ७ रनको बलियो लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा टम लाथमले १ सय […]

113 views

0 Bookmark

एजेन्सी – विकेटकिपर टम लाथमको सानदार शतकमा न्युजिल्यान्डले पहिलो ओडिआई खेलमा भारतमाथि ७ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

जितको लागि ३ सय ७ रनको बलियो लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा टम लाथमले १ सय ४ बलमा १९ चौका र ५ छक्कासहित १ सय ४५ रनको सानदार अविजित इनिङ खेले ।

लाथमको यो ओडिआई करिअरको सर्वोत्कृष्ट र सातौं शतक हो । यसअघि लाथमको ओडिआईमा उत्कृष्ट प्रदर्शन यसै वर्ष नेदरल्यान्ड्सविरुद्ध १ सय ४० रन अविजित थियो । कप्तान केन विलियम्सन ९८ बलमा ७ चौका र १ छक्कासहित ९४ रनमा अविजित रहे ।

चौथो विकेटका लागि विलियम्सन र लाथमले २ सय २१ रनको अविजित साझेदारी गरेका थिए । एक समय ३८ ओभरको खेल सकिँदा केन विलियम्सन ७२ र लाथम ६९ रनमा अविजित थिए । तर ४० औं ओभरमा शार्दुल ठाकुरलाई लाथमले एक छक्का र चार चौका प्रहार गर्दै कुल २५ रन जोडेपछि केन विलियम्सनलाई पछि पारेका थिए । त्यसपछि लाथमले लगातार आक्रामक ब्याटिङका साथ सहज जित दिलाए ।

ओपनर फिन एलेन २२, डेभन कन्वे २४ र डर्याल मिचेल ११ रनमा आउट भए । भारतका उमरान मलिकले दुई र शार्दुल ठाकुरले एक विकेट लिए ।

त्यअसघि इडेन पार्क अकल्यान्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६ रन बनायो ।भारतका श्रेयस ऐरले ७६ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए । भारतलाई ओपनर शुभमन गिल र कप्तान शिखर धवनले पहिलो विकेटका लागि २३.१ ओभरमा १ सय २४ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

लोकी फर्गुसनको बलमा गिल डेभन कन्वेबाट क्याच भएपछि साझेदारी तोडिएको थियो । शिखर धवन ७७ बलमा १३ चौकासहित ७२ रनमा आउट भए । धवन गिल आउट भएको अर्को ओभरमा टिम साउथीको बलमा फिन एलेनबाट क्याच आउट भएका थिए ।

लोकी फर्गुसनले ऋषभ पन्तलाई १५ रनमा बोल्ड गरे । सूर्यकुमार यादव फर्गुसनको बलमा ४ रनमा क्याच भएपछि भारत १६०–४ को अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि श्रेयस र स्यामसनले ९४ रनको साझेदारी गर्दै भारतको धरमराएको इनिङ उकासेका थिए ।

स्यामसन ३८ बलमा ४ चौकासहित ३६ रनमा क्याच आउट भए । वासिन्टन सुन्दर १६ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा अविजित रहे ।न्युजिल्यान्डका लोकी फर्गुसनले १० ओभरमा १ मेडनसहित ५९ रन खर्चेर ३ विकेट लिए ।

टिम साउथीले १० ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । एडम मिल्नेले एक विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.