default_image

3 years ago

December 1, 2022

आइपिएल अक्सनमा ९ सय ९१ खेलाडीको नाम दर्ता

312 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनको लागि ९ सय ९१ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले बिहीबार ७ सय १४ भारतीय र २ सय ७७ विदेशी खेलाडीले नाम दर्ता गराएको जनाएको छ ।

मिनी अक्सन आगमी डिसेम्बर २३ मा कोचीमा हुनेछ । बिसिसिआईले नाम दर्ताबाट अक्सनमा जाने खेलाडीको नाम सर्टलिष्ट गर्नेछ । सर्ट लिष्टमा पर्ने खेलाडीमात्रै अक्सनमा जानेछन् । न्यूनतम मूल्य २० लाख र उच्चतम मूल्य २ करोड भारु हुनेछ । जसबाट अक्सनमा खेलाडीमाथि लिलामी सुरुहुनेछ ।

अक्सनमा भारतबाट खेलि सकेका १९ खेलाडी रहेका छन् । एसोसियट देशबाट २० खेलाडी रहेका छन् । तर नेपालबाट भने कुनैपनि खेलाडीले नाम दर्ता गराएका छैनन् ।

यस पटक अक्सनमा सर्वाधिक धेरै अष्ट्रेलियाबाट ५७ खेलाडी छन् । अफगानिस्तानबाट १४, बंगलादेशबाट ६, इंग्ल्यान्डबाट ३१, आयरल्यान्डबाट ८, नामिबियाबाट ५, नेदरल्यान्ड्सबाट ७, न्युजिल्यान्डबाट २७, स्कटल्यान्डबाट २, दक्षिण अफ्रिकाबाट ५२, युएईबाट ६, श्रीलंकाबाट २३, वेस्टइन्डिजबाट ३३ र जिम्बावेबाट ६ खेलाडी छन् ।

एक फ्रेन्चााइज टोलीले अक्सनमा बढीमा २५ खेलाडी राख्न पाउँछन् । बढीमा ८ विदेशी खेलाडी मात्रै राख्न पाइन्छ । यस पटकको अक्सनमा कुल ८७ खेलाडी फ्रेन्चाइज टोलीको लागि आवश्यक छ । त्यसमा ३० खेलाडी विदेशी कोटामा विक्नेछन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.