default_image

3 years ago

December 1, 2022

आइपिएल अक्सनमा नेपाली खेलाडी परेनन्

403 views

0 Bookmark

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा नेपालका खेलाडी परेका छैनन् । ९ सय ९१ खेलाडीले आइपिएलमा आफ्नो नाम दर्ता गराएका छन् । एसोसिएट देशबाट २० खेलाडीले नाम दर्ता गराउँदा नेपालबाट भने कुनैपनि खेलाडी छैनन् ।

पछिल्ला दुई आइपिएल संस्करणमा नेपालका केहि खेलाडीले नाम दर्ता गराएपनि सर्ट लिष्टमा सन्दीप लामिछानेमात्रै पर्दै आएका थिए । सन्दीप १७ वर्षीय बालिकालाई बलात्कारको आरोपमा काराघारमा हुँदा अन्य नेपाली खेलाडी भने पर्न सकेनन् । सन्दीप नेपालबाट आइपिएल खेल्ने एकमात्रै खेलाडी हुन् । सन् २०१८ देखि २०२० सम्म सन्दीप दिल्लीमा रहेका थिए । २०१८ मा दिल्ली क्यापिटल्सले सन्दीपलाई न्यूनतम २० लाख भारुमा किनेको थियो ।

गतवर्ष आइपिएलमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका थिए । आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका थिए । सन्दीप बाहेक अन्य सर्टलिष्टमा पर्न सकेनन् ।

यस पटक ७ सय १४ भारतीय र २ सय ७७ विदेशी खेलाडीले नाम दर्ता गराएका छन् । मिनी अक्सन आगमी डिसेम्बर २३ मा कोचीमा हुनेछ । बिसिसिआईले नाम दर्ताबाट अक्सनमा जाने खेलाडीको नाम सर्टलिष्ट गर्नेछ । सर्ट लिष्टमा पर्ने खेलाडीमात्रै अक्सनमा जानेछन् । अक्सनमा न्यूनतम मूल्य २० लाख र उच्चतम मूल्य २ करोड भारु हुनेछ । जसबाट अक्सनमा खेलाडीमाथि लिलामी सुरुहुनेछ ।

अक्सनमा एसोसिएट देशबाट नेदरल्यान्ड्सबाट सर्वाधिक ७ खेलाडी छन् । एसोसियट टोली नामिबियाबाट ५, स्कटल्यान्ड २ र युएईबाट ६ खेलाडी छन् ।

सर्वाधिक धेरै अष्ट्रेलियाबाट ५७ खेलाडीले नाम दर्ता गराएका छन् । अफगानिस्तानबाट १४, बंगलादेशबाट ६, इंग्ल्यान्डबाट ३१, आयरल्यान्डबाट ८, न्युजिल्यान्डबाट २७, दक्षिण अफ्रिकाबाट ५२, श्रीलंकाबाट २३, वेस्टइन्डिजबाट ३३ र जिम्बावेबाट ६ खेलाडी छन् ।

एक फ्रेन्चााइज टोलीले अक्सनमा बढीमा २५ खेलाडी राख्न पाउँछन् । बढीमा ८ विदेशी खेलाडी मात्रै राख्न पाइन्छ । यस पटकको अक्सनमा कुल ८७ खेलाडी फ्रेन्चाइज टोलीको लागि आवश्यक छ । त्यसमा ३० खेलाडी विदेशी कोटामा विक्नेछन् । यदि फ्रेन्चाइज टोलीले चाहेको खण्डमा कुनैपनि खेलाडीलाई सर्टलिष्टमा नाम राख्दै अक्सनमा किन्न सक्छ । नाम दर्ता नगराएका खेलाडी अक्सनमा जान फ्रेन्चाइज टोलीले नै बिसिसिआईलाई आग्रह गर्नुपर्ने हुन्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.