default_image

1 year ago

December 2, 2022

दीपेन्द्र गोल्डेन डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध गोल्डेन डक आउट भएका छन् । युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ८ र गुलशन झा १ […]

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध गोल्डेन डक आउट भएका छन् ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ८ र गुलशन झा १ रनमा क्रिजमा छन् ।

नेपालका ज्ञानेन्द्र मल्ल ९४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनमा आउट भए । ज्ञानेन्द्र नेपालबाट ओडिआईमा सर्वाधिक ६ अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् । ज्ञानेन्द्रपछि नेपालबाट आसिफ शेख र रोहित पौडेलले ५–५ अर्धशतक प्रहार गरेका छन् ।

नेपाललाई ओपनर आसिफ शेख र अर्जुन साउदले पहिलो विकेटका लागि ९.५ ओभरमा ३१ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए । स्पिनर बेर्नार्ड शोल्ट्जको बलमा अर्जुन १८ रनमा रन बोल्ड भए । ४२ बल खेलेका अर्जुनले २ चौका प्रहार गरे ।

कप्तान जेरार्ड इरास्मसको बलमा आसिफ शेख २० रनमा क्याच आउट भए । आसिफ ४६ बलमा २ चौका प्रहार गरे । २५ औं ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेल १० रनमा रन आउट भए । दुई रन लिनेक्रममा ज्ञानेन्द्र मल्लसँग तालमेल नमिलेपछि रन आउट भएका हुन् ।

दोस्रो रनको लागि ज्ञानेन्द्रले सुरुमा लिन चाहेपनि पछि अस्वीकार गरेका थिए । तर त्यो समय सम्म रोहित नन स्ट्राइकमा पुगेका थिए । पुन फर्किनेक्रममा रोहित रन आउटको शिकार बन्न पुगे ।

चौथो विकेटका लागि आरिफ शेख र ज्ञानेन्द्र मल्लले ६७ रनको साझेदारी गर्दै इनिङ खेलेका थिए । आरिफ कार्ल बिरकेनस्टोकको बलमा कभरमा सट खेल्न चाहेपनि प्वाइन्टमा क्याच आउट भए । आरिफ शेख ४१ बलमा २ चौका प्रहार गरे । लगत्तै अर्को बलमा खराब सट खेल्दै दीपेन्द्रसिंह ऐरी गोल्डेन डक आउट भए ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.