9 years ago
December 27, 2016
दिपेन्द्र पोखरेल
इटहरी – बाउन्ड्री नाघेको बलमा चौका नदिएको भन्दै एपिएफले महिला क्रिकेटको फाइनल त्यागेपछि पूर्वाञ्चललाई महिला क्रिकेटमा विजेता घोषित गरिएको छ । ६४ रनको लक्ष्य पछ्याएको एपिएफले जितका लागि अन्तिम ९ बलमा जितका लागि ९ रन हान्नु पर्ने थियो । यस्तोमा क्रिजमा थिइन् रितु कनौजिया । सविता गौतमको बलमा उनले प्रहार गरेको बलले बाउन्ड्री नाघेको एपिएफको दाबी थियो ।

फिल्डर अप्सरा बेगमले चौका नभएको इशारा गरेपछि अम्पाएर चौका दिएनन् । त्यसपछि एपिएफले खेल बीचमा छोडेको थियो । एपिएफले त्यो चौका पाउनु पर्ने माग गरिरहने र अम्पायरहरुले दिन नमिल्ने बताएपछि खेल त्यत्तिकैमा टुंगिएको थियो । पटक पटकको आग्रह पछि पनि एपिएफ खेल्न नमानेपछि पूर्वाञ्चललाई विजेता घोषित गरिएको छ । पूर्वाञ्चलका खेलाडी खुसीयाली मनाइरहँदा एपिएफका खेलाडी भने एउटा कुनामा निराश भएर बसेका थिए ।



December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]