default_image

3 years ago

December 14, 2022

आइपिएल अक्सन : कुन टोलीसँग कति रकम र खेलाडी बाँकी ?

238 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन आगमी डिसेम्बर २३ मा कोचीमा हुँदैछ । अक्नसमा कुल ४ सय ५ खेलाडीमाथि बोली लाग्नेछ । फ्रेन्चाइज टोलीको आग्रहमा आइपिएलले ३६ खेलाडीलाई थपेको जनाएको छ ।

अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडी हुनेछन् । ४ खेलाडी एसोसियट देशबाट छन् । अक्सनमा बढीमा ८७ खेलाडी विक्नेछन् । ३० विदेशी खेलाडीकोा कोटा बाँकी छ । आइपिएलमा एक टोलीमा बढीमा २५ खेलाडी अनुबन्ध गर्न पाइन्छ । प्रत्यक टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउँछन् ।

आइपिएलमा आफ्नो न्यूनतम मूल्य २ करोड भारु राख्ने १९ विदेशी खेलाडी छन् । यस पटक भारतीय कुनैपनि खेलाडीले आफ्नो न्यूनतम मूल्य २ करोड राखेका छैनन् । ११ खेलाडीले न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका छन् ।

हैदराबाद यस पटक अक्सनमा सर्वाधिक खर्च गर्न पाउने फ्रेन्चाइज टोली हो । कप्तान केन विलियम्सन र निकोलस पुरनलाई फुकुवा गरेपछि हैदराबादसँग अक्सनमा ४२ करोड २५ लाख रुपैयाँ बाँकी छ । अक्सनमा हैदराबदले कुल १३ खेलाडी किन्न सक्छ । ४ विदेशी खेलाडीको कोटा बाँकी छ ।

अक्सनमा कुन टोलीसँग कति रकम बाँकी छ ?

अक्सनमा सबैभन्दा कम रकम कोलकाता नाइट राइडसँग छ । कोलकतासँग ७ करोड ५ लाख भारु मात्रै बाँकी छ । अक्सनमा कोलकाताको ११ खेलाडीको कोटा बाँकी छ । जसबाट ३ विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछ ।

चार पटकको च्याम्पियन चेन्नई सुपर किंगसँग २० करोड ४५ लाख भारु खर्च गर्न पाउने रकम छ । चेन्नईसँग ७ खेलाडीको कोटा बाँकी छ । चेन्नईले अक्सनमा दुई मात्रै विदेशी खेलाडी किन्न सक्छ । दिल्ली क्यापिटल्सले १९ करोड ४५ लाख अक्सनमा रकम खर्च गर्न पाउनेछ । जसमा दुई विदेशी र तीन भारतीय खेलाडी किन्न सक्छ ।

साविक विजेता गुजरात टाइटन्ससँग १९ करोड २५ लाख बाँकी छ । ७ खेलाडीको कोटा छ । तीन विदेशी खेलाडीको कोटा बाँकी छ । लखनऊ सुपर जायन्ट्ससँग २३ करोड ३५ लाख बाँकी छ । उक्त रकमबाट १० खेलाडी किन्न सक्छ । ४ विदेशी खेलाडीको कोटा बाँकी छ ।

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्ससँग २० करोड ५५ लाख भारु छ । जसमा तीन विदेशीसँगै कुल ९ खेलाडीको कोटा बाँकी छ । पन्जाब किंग्ससँग ३२ करोड भारु बाँकी छ । पन्जाबको टोलीमा तीन विदेशीसँगै कुल ९ खेलाडीको कोटा छ ।

रोयल च्यालेन्जर्स बेंगलोरसँग ८ करोड ७५ लाख मात्रै बाँकी छ । अक्सनमा बेंगलोरले दुई विदेशी खेलाडी किन्न सक्छ । कुल ७ खेलाडीको कोटा बाँकी छ । राजस्थान रोयल्ससँग १३ करोड बाँकी छ । राजस्थानले ९ खेलाडी किन्न सक्छ । जसमा ४ विदेशी खेलाडीको कोटा बाँकी छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.