3 years ago
December 16, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा अफगानिस्तानका १५ वर्षीय स्पिनर अल्लाह मोहम्मद गजान्फर रहेका छन् । आइपिएल २०२३ को मिनी अक्सनमा नाम दिने अल्लाह सबैभन्दा कान्छा खेलाडी हुन् ।

२३ डिसेम्बरमा कोचीमा हुने अक्सनमा कुल ४ सय ५ क्रिकेट छन् । कुल ९ सय ९१ खेलाडीले नाम दर्ता गराएपनि आइपिएलले सर्ट लिष्टमा ३ सय ६९ खेलाडी राखेको थियो । पछि फ्रेन्चाइज टोलीको आग्रहमा ३६ खेलाडी थपेको थियो । जसमध्य अफगानिस्तानका १५ वर्षीय अल्लाह सबैभन्दा कान्छा खेलाडी रहेका छन् ।
दायाँ हाते स्पिनर अल्लाहले न्यूनतम २० लाख भारुमा आफ्नो नाम दर्ता गराएका छन् । बिग ब्यास लिगको ड्राफ्टमा नाम दिएपनि उनी छनोट हुन सकेका थिएनन् । अल्लाह नेपाल टि२० लिगमा करण केर्सी मार्की खेलाडी रहेको फ्रेन्चाइज टोली फार वेस्टर्न युनाइटेडमा पनि आवद्ध छन् । पाकिस्तान क्रिकेट बोर्डले केहि महिना अघि आयोजना गरेको पाकिस्तान जुनियर लिग पनि खेलेका थिए ।
त्यस्तै भारतीय क्रिकेटर अमित मिश्रा यस आइपिएल अक्सनका सर्वाधिक उमेर भएका खेलाडीको रुपमा छन् । ४० वर्षीय मिश्राले ५० लाख भारुमा आफ्नो नाम दिएका छन् । मिश्राले आइपिएलमा १ सय ५४ खेल खेल्दै १ सय ६६ विकेट लिएका छन् । मिश्रा गत वर्ष आइपिएल अक्सनमा १ करोड ५० लाख न्यूनतम मूल्य राखेपछि अन्सोल्ड भएका थिए ।

आइपिएल २०२३ मा बढीमा ८७ खेलाडी विक्ने छन् । त्यसमा ३० विदेशी खेलाडीको कोटा छ । सर्वाधिक बढी रकम अक्सनमा खर्च गर्न पाउने रकम सनराइजर्स हैदराबादसँग ४२ करोड २५ लाख भारु छ । सबैभन्दा कम कोलकाता नाइट राइडर्ससँग ७ करोड ५ लाख भारु मात्रै छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]