default_image

3 years ago

December 19, 2022

आइपिएल अक्सनमा पैसा वर्षा हुनसक्ने पाँच खेलाडी

254 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन शुक्रबार कोचीमा हुँदैछ । मिनी अक्सनबाट हरेक टोली आफ्नो टिम च्याम्पियन बनाउन सक्ने खेलाडी टोलीमा अनुबन्ध गर्न प्रयास गर्नेछन् । टिमको कमजोरी सुधार गर्ने यो नै हरेक फ्रेन्चाइज टोलीको लागि अन्तिम अवसर हो ।

अक्सनमा कुनैपनि फ्रेन्चाइज टोलीले चाहेर मात्रै हुँदैन । आफूसँग त्यही अनुसार बजेट पनि हुनुपर्छ । आइपिएल विश्व क्रिकेटकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० क्रिकेट प्रतियोगिता हो । जहाँ नाम र दाम दुबै छ । व्यावसायिक क्रिकेटमा लागेपछि आइपिएल खेल्ने धेरै खेलाडीको सपना हुन्छ ।

आइपिएलमा खेलाडीमाथि पैसाको वर्षा हुने गर्दछ । एक खेलाडी धेरै टिमलाई आवश्यक भयो भने अक्सनमा खेलाडीमाथि धनको वर्षा हुने गर्दछ । टोलीहरुलाई आवश्यक भएन भने स्टार खेलाडी पनि कम मूल्यमा खेल्नु पर्ने हुन्छ । आइपिएलमा अलराउन्डर खेलाडीलाई बढी प्राथमिकतामा फ्रेन्चाइज टोलीले राख्ने गर्दछन् । इतिहासको सर्वाधिक बढी मूल्य पनि अलराउन्डर खेलाडीले नै पाएका छन् ।

यस पटक अक्सनमा केहि विश्व स्टार अलराउन्डर छन् । उनीहरुमाथि पैसाको वर्षा नै हुने देखिन्छ । विशेषगरी विश्वकप विजेता इंग्ल्यान्डका खेलाडीमाथि मोटो रकम खर्चने सम्भावना रहेको छ । सबै फ्रेन्चाइज टोलीको आवश्यक र खेलाडीको प्रदर्शन हेर्दा आइपिएल मिनी अक्सन २०२३ मा धनको वर्षा हुन सक्ने पाँच खेलाडी यस प्रकार छन् ।

५. निकोल्स पुरन (विकेटकिपर)

वेस्टइन्डिजका विकेटकिपर निकोलस पुरन आक्रामक ब्याटरको रुपमा चिनिन्छन् । २७ वर्षीय पुरनले आफ्नो न्यूनतम मूल्य अक्सनमा २ करोड भारु राखेका छन् । पुरनलाई सनराइजर्स हैदराबादले १० करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो ।

तर यस पटक कप्तान केन विलियम्सन र पुरन दुवैलाई फुकुवा गर्यो । पुरनलाई २०१७ मा मुम्बईले न्यूनतम ३० लाख भारुमा किनेको थियो । २०१९ देखि २०२१ सम्म पन्जाब सुपर किंग्समा ४ करोड २० लाख भारुमा खेलेका थिए ।

पुरन विकेटकिपर र विष्फोटक ब्याटरमा विकल्प हुन् । उनलाई मध्यक्रम र फिनिसरको भूमिकामा फ्रेन्चाइज टोलीले प्रयोग गर्न सक्छन् । केहि दिन अघि सम्पन्न आवुधाबी टि१० लिगमा सानदार प्रदर्शन गर्दै १० खेलमा ३ मा अर्धशतकसहित २३४.६९ को स्ट्राइकरेटमा ३ सय ४५ रन बनाएका थिए ।

टि२० विश्वकपमा सम्झन लायक प्रदर्शन गर्न नसकेपनि पुरनले पुन टि१० मा आफ्नो लय फर्काएका छन् । जसले गर्दा महँगो मूल्य पाउन सक्छन् ।

४.ह्यारी ब्रुक (ब्याटर)

इंग्ल्यान्डका युवा स्टार ह्यारी ब्रुकलाई आगमी विश्व क्रिकेटका सुपर स्टार हुन् । टि२० विश्वकप च्याम्पियन ह्यारी युवा पुस्ताका तीनै शैलीमा सानदार प्रदर्शन गर्दै आएका छन् । उनलाई इंग्ल्यान्डका पूर्व कप्तान केभिन पिटरसन र भारतीय विराट कोहलीसँग तुलना गरिन्छ ।

ब्रुकले अक्सनमा न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका छन् । मध्यक्रमका भरपर्दा ब्याटर ब्रुकलाई किन्न धेरै फ्रेन्चाइज टोलीहरुबीच उच्च प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । स्पिनर ब्रुकले धेरै राम्रो खेल्ने गर्दछन् । टि२० क्रिकेटमा मध्यक्रममा बढी स्पिनरनै प्रयोग हुने गर्दछ । २३ वर्षीय ब्रुकले २० खेलमा ३ सय ७२ रन बनाएका छन् ।

ब्रुक गत अक्टोबरमा पाकिस्तानसँग सात टि२० आई खेलको सिरिजमा २ सय ३८ रन बनाउँदै प्लेयर अफ द सिरिज बनेका थिए । पाकिस्तानसँगको जारी टेस्ट सिरिजमा उनले क्रमश : १५३, ८७, ९, १ सय ८ र १ सय ११ रनमा आउट भएका छन् । १ सय ५३ रनको इनिङ खेल्नेक्रममा उनले एकै ओभरमा छ बलमा ६ चौका हानेका थिए ।

अग्ला कदका ब्रुक ठूला सट र मध्यक्रमका भरपर्दा ब्याटर हुन् । भर्खका युवा खेलाडी हुँदा धेरै टोली उनलाई भविष्यलाई मध्यनजर गर्दै टोलीमा अनुबन्ध गर्ने अनुमान गरिएको छ । धेरै फ्रेन्चाइज टोलीलाई मध्यक्रमको म्याच विनर ब्याटर आवश्यक हुँदा महँगो मूल्य पाउने सम्भावना देखिन्छ ।

३. क्यामरन ग्रीन – अलराउन्डर

अष्ट्रेलिया युवा अलराउन्डर क्यामरन ग्रीनमाथि यस मिनी अक्सनमा धनको वर्षा हुने अनुमान देखिन्छ । ग्रीन तीव्र गतिको बलिङसँगै विष्फोटक ब्याटिङ गर्ने गर्दछन् । उनले ब्याटिङमा ओपनिङदेखि तल्लोक्रम सम्म खेल्न सक्छन् ।

गत सेप्टेम्बरमा भारतविरुद्ध ग्रीनले ३० बलमा ८ चौका र ४ छक्कासहित ६१ रनको विष्फोटक इनिङ खेलेपछि अष्ट्रेलियाले २ सय ९ रनको लक्ष्य चार बल अगाडिनै पूरा गरेको थियो ।

त्यसै सिरिजमा भारतविरुद्ध २१ बलमा ७ चौका र ३ छक्कासहित ५२ रनको विष्फोटक इनिङ खेले । त्यसक्रममा उनले १९ बलमै अर्धशतक हानेका थिए । अग्ला कदका ग्रीनले अष्ट्रेलियाको टेस्ट र ओडिआईमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।

२३ वर्षीय युवा अलराउन्डर ग्रीनले आफ्नो न्यूनतम मूल्य २ करोड भारु राखेका छन् । उनी तीव्र गतिमा पनि राम्रो बलिङ गर्ने गर्दछन् । अक्सनमा चेन्नई, हैदराबाद, पन्जाब, लखनऊ, राजस्थान, मुम्बईबीच कडा प्रतिस्पर्धा हुँदा उनले महँगो मूल्य पाउन सक्छन् ।

२.साम करन – अलराउन्डर

इंग्ल्यान्डलाई टि२० विश्वकप जिताउन नायक बनेका युवा अलराउन्डर साम करन आइपिएलमा महँगो मूल्यमा बिक्ने देखिन्छ । साम करनले अक्सनमा २ करोड भारु न्यूनतम मूल्य राखेका छन् ।

बायाँ हाते साम करन तीव्र गतिको बलिङसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् । अघिल्लो महिना इंग्ल्यान्डले टि२० विश्वकप जित्दा साम करनले डेथ ओभरमा सानदार प्रदर्शन गर्दै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

करनले उक्त विश्वकपमा ६ खेलमा १३ विकेट लिएका थिए । फाइनलमा पाकिस्तानविरुद्ध ४ ओभरमा १२ रन खर्चेर ३ विकेट र सुपर १२ मा अफगानिस्तानविरुद्ध ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए ।

इंग्ल्यान्डको टोलीबाट साम करनले तीनै शैलीमा लगातार दमदार प्रदर्शन गर्दै आएका छन् । साम करनले पन्जाब किंग्स र चेन्नई सुपर किंग्सबाट आइपिएल खेलि सकेका छन् । २०१९ मा पन्जाबबाट दिल्लीविरुद्ध ह्याट्रिक नै गरेका थिए । २०२० मा उनी चेन्नई पुगेका थिए । धोनीले उनलाई केहि खेलमा ओपनरको रुपमा समेत मैदान उतारेका थिए ।

म्याच विनर करनलाई लिन सबै फ्रेन्चाइज टोलीबीच कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । अक्सनमा सर्वाधिक धेरै रकम भएको हैदराबादले त्यसको लाभ बढी लिन सक्छ । हैदराबादसँग ४२ करोड भारु बाँकी छ । पन्जाब, लखनउ, मुम्बई, चेन्नई र दिल्ली पनि अनुबन्ध गर्न हरप्रयास गर्ने देखिन्छ ।

१. बेन स्टोक्स– अलराउन्डर

इंग्ल्यान्डका सुपर स्टार बेन स्टोक्स यस अक्सनमा सबैभन्दा बढी मूल्य पाउन सक्ने खेलाडीको रुपमा हेरिएको छ । अनुभवी, कप्तानी, ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा बेन स्टोक्स अब्बल छन् । बेन स्टोक्स टिमलाई जे चाहियो त्यहि गुण भएका खेलाडी हुन् ।

स्टोक्सले आफ्नो न्यूनतम मूल्य अक्सनमा २ करोड भारु राखेका छन् । विश्व क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका स्टोक्स म्याच विनर खेलाडी हुन् । इंग्ल्यान्डलाई २०१९ को एकदिवसीय र २०२२ को टि२० विश्वकप जिताउन बेन स्टोक्स नै नायक बनेका थिए ।

अक्सनमा स्टोक्सको नाम १३ औं नम्बरमा छ । सबै फ्रेन्चाइज उनको प्रतीक्षामा हुनेछन् । बेन स्टोक्सले गतवर्ष बुबाको मृत्युको कारण विश्व क्रिकेटबाटै विश्राम लिएका थिए । त्यसैले मेघा अक्सनमा आफ्नो नाम दिएका थिएनन् । बेन स्टोक्स राजस्थान रोयल्सबाट आइपिएल खेल्दै सानदार प्रदर्शन पनि गर्दै आएका छन् ।

आइपिएलमा ३१ वर्षीय बेन स्टोक्सले ४३ खेलमा २ शतकसहित ९ सय २० रन बनाउनुको साथै २८ विकेट लिएका छन् । केन विलियम्सन र निकोलस पुरनलाई फुकुवा गरेको हैदराबादले स्टोक्सलाई अक्सनमा महँगो मूल्यमा भित्र्याउने अनुमान गरिएको छ ।

अक्सनमा स्टोक्सलाई किन्न हैदराबाद, मुम्बई, पन्जाब र लखनउबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । हैदराबादलाई कप्तान आवश्यक हुँदा र अक्सनमा अन्य टोली भन्दा बढी मूल्यमा भित्र्याउने सम्भावना छ । स्टोक्स हैदराबाद जाने उच्च सम्भावना छ ।

इंग्ल्यान्डको टेस्ट टोलीको कप्तानी गर्दै उनले खेल्ने शैली नै परिवर्तन गरेका छन् । स्टोक्सलाई किन्न बेंगलोर र कोलकता बाहेक अन्य ८ टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । स्टोक्सले अक्सनमा कीर्तिमानी मूल्य पाउन सक्छन् ।

हालसम्म अक्सनमा सर्वाधिक मूल्य राजस्थान रोयल्सले २०२१ मा दक्षिण अफ्रिका क्रिस मोरिसलाई १६ करोड २५ लाख भारुमा किनेको थियो । त्यो रेकर्ड बेन स्टोक्स तोड्न सक्छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.