3 years ago
December 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टार्सले आफ्नो पूर्ण टोलीमा ७ विदेशी खेलाडी राखेको छ । अल स्टार्सले शुक्रबार देखि सुरु हुने नेपाल टि२० लिगको लागी १८ सदस्य टोली सार्वजनिक गर्दा ७ विदेशी खेलाडी छन् । जसमध्य तीन भारतीय खेलाडी छन् ।

भारतीय यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द देखि इंग्ल्यान्डका युवा तीव्र गतिका बलर प्याट ब्राउनसम्मका खेलाडी समेट्दै अल स्टार्स उपाधिको प्रमुख दाबेदारी देखिएको छ । ७ विदेशी खेलाडी राख्ने लुम्बिनी एक्लो टोली हो ।
अल स्टार्सको भारतीय ब्याटर उन्मुक्त चन्द, अलराउन्डर विपुल शर्मा, हरमीत सिंह, आयरल्यान्डका स्टार ब्याटर ह्यारी टेक्टर, इंग्ल्यान्डका प्याट ब्राउन, दक्षिण अफ्रिका अलराउन्डर शड्ली भान सेल्किक र श्रीलंका लाहिरु मिलान्था रहेका छन् ।
अल स्टार्सको तीव्र गतिको बलरमा गुलशन झा, किशोर महतो, आकाश चन्द, प्याट ब्राउन्ड र सेल्किक हुनेछन् । स्पिनरमा विपुल शर्मा, तिलकराज भण्डारी र सागर ढकाल छन् । विकेटकिपरमा अनिलकुमार शाह र लाहिरु मिलन्था हुनेछन् । दीपेन्द्र, अनिल, उन्मुक्त, कुशल, सुनिल र ह्यारी टेक्टर हुनेछन् । अल स्टार्स ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट देखिन्छ ।

अल स्टार्स कागजी रुपमा उपाधिको प्रमुख दाबेदार टोली हो । लुम्बिनीको मुख्य प्रशिक्षकमा इंग्ल्यान्डमा पिटर ट्रेगो र साहायक प्रशिक्षकमा मनोेज कटवाल हुनेछन् ।
नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक कटवाललाई नेपाली खेलाडीको बारे राम्रोसँग थाहाछ । अल स्टार्समा रहेका दीपेन्द्र, कुशल, सागर, सुनिल, गुलशन र योगेन्द्रसिंह कार्की पुलिसबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । अल स्टार्सले पहिलो खेल फार वेस्ट युनाइटेडसँग खेल्दै प्रतियोगिता सुरुवात गरेको छ ।

नेपाल टि२० लिगमा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् । लुम्बिनीले सबै टोलीसँग डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछ । शीर्ष चारमा रहन सके प्लेअफ खेल्नेछ । शीर्ष दुई टोलीबीच पहिलो क्वालिफायर हुनेछ । फाइनल १० जनवरीमा हुनेछ ।
लुम्बिनीको टोली :
दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आकाश चन्द, सागर ढकाल, सुनिल धमला, गुलशन झा, योगेन्द्रसिंह कार्की, किशोर महतो, ईशान पाण्डे, अनिल कुमार शाह, तिलकराज भण्डारी, विपुल शर्मा, प्याट ब्राउन, हरमीत सिंह, लाहिरु मिलन्था, शड्ली भन सेक्किक, ह्यारी टेक्टर र उन्मुक्त चन्द ।
यो पनि : भारतलाई विश्वकप जिताएका कप्तानले नेपाल टि२० खेल्ने
हार्दिकले ब्याट दिएका टेक्टरले नेपाल टि२० लिग खेल्ने
दक्षिण अफ्रिकी बलरले लुम्बिनीबाट नेपाल टि२० लिग खेल्ने
इंग्ल्यान्डका ट्रेगो लुम्बिनीको मुख्य प्रशिक्षक
लुम्बिनीको खेल तालिका

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]