default_image

3 years ago

December 20, 2022

धोनीको नजर करनमा

296 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स पाँचौं उपाधि जित्ने धुनमा हुनेछ । चेन्नई २०२३ को मिनी अक्सनमा शुक्रबार केहि सुपर स्टार भित्र्याउन खोज्नेछ ।

चेन्नईको मिनी अक्सनमा आफ्ना पूर्व खेलाडी साम करनलाई भित्र्याउन धनको वर्षा गराउन पछि हट्ने छैन । कप्तान महेन्द्रसिंह धोनी सहित चेन्नई म्यानेजमेन्टको तयारी पनि त्यसै अनुसार हुनेछ । टि२० विश्वकपमा इंग्ल्यान्डलाई जिताउन सानदार प्रदर्शन गरेका साम करनले न्यूनतम २ करोड भारु अक्सनमा राखेका छन् ।

अक्सनमा चेन्नई, मुम्बई र सनराइजर्स हैदराबादबीच साम करनलाई किन्न कडा प्रतिस्पर्धा हुने अनुमान देखिएको छ । जसमा चेन्नईलाई साम करन झनै महत्त्वपूर्ण देखिन्छन् । आफ्ना प्रमुख अलराउन्डर ड्वेन ब्राभोले सन्न्यास लिइसकेका छन् । ब्राभोसँगै अर्का डेथ ओभर स्पेलिष्ट क्रिस जोर्डनलाई पनि फुकुवा गरेको छ । चेन्नई ब्राभोको उत्तराधिकारीको रुपमा साम करनलाई अनुबन्ध गर्न चाहन्छ ।

साम करन २०२० मा ५ करोड ५० लाख भारुमा अनुबन्ध भएका थिए । तर उनी २०२१ मा राजस्थान रोयल्सविरुद्ध घाइते हुन पुगेका थिए । धोनीले केहि खेलमा उनलाई ओपनिङ समेत गराएका थिए । दुई महिना अघि टि२० विश्वकपमा डेथ ओभरमा ६ खेलमा १३ विकेट लिँदै सानदार प्रदर्शन गरेका करन प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । बायाँ हाते अलराउन्डर साम करन ओपनिङ देखि तल्लोक्रमसम्म त्यतिनै राम्रो ब्याटिङ पनि गर्ने गर्दछन् ।

ब्राभोले सन्न्यास लिएपछि चेन्नईलाई डेथ ओभर स्पेलिष्ट अलराउन्डर चाहिन्छ । चेन्नईको लागि अक्सनमा साम करन सबैभन्दा उत्तम विकल्प हुन् । चेन्नईसँग अक्सनमा २० करोड ४५ लाख भारु खर्च गर्न पाउने रकम छ । दुई विदेशीसँगै ७ खेलाडीको कोटा बाँकी छ । कडा प्रतिस्पर्धामा पनि चेन्नई साम करनलाई टोलीमा भित्र्याउन सक्छ ।

२४ वर्षीय साम करनले २०१९ मा भने पन्जाब किंग्सबाट दिल्ली क्यापिटल्सविरुद्ध ह्याट्रिक गरेका थिए । ३२ आइपिएल खेल खेलेका साम करनले दुई अर्धशतकसहित ३ सय ३७ रन बनाउनुको साथै ३२ विकेट लिएका छन् ।

इंग्ल्यान्डबाट ३५ टि२० आई खेल्दै ४१ विकेट लिएका छन् । पाकिस्तानलाई फाइनलमा पाँच विकेटले हराउँदै च्याम्पियन बनाउन उनले ४ ओभरमा १२ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिँदै प्लेयर अफ द फाइनल र सर्वोत्कृष्ट खेलाडी दुवै चुनिएका थिए ।

करनले पहिलो खेलमै अफगानिस्तानविरुद्ध ३.४ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए । उक्त विश्वकपमा पाँच विकेट लिने एक मात्रै खेलाडी समेत बनेका थिए । आयरल्यान्ड र न्युजिल्यान्डसँग समान दुई दुई विकेट लिएका थिए । श्रीलंकासँग एक र भारतविरुद्ध विकेट विहीन बनेका थिए ।

२०१८ देखि उनले इंग्ल्यान्डको टोलीमा सानदार प्रदर्शन पनि गर्दै आएका छन् । चेन्नईसँग तीव्र गतिका बलरमा दीपक चाहर, ड्वेन प्रिटोरियस, मथिसा पाथिराना र मकुेश चौधरी छन् । दीपक र ड्वेन दुबै पावर प्लेमा राम्रो बलिङ गर्ने गर्दछन् । साम करनको आगमनले तीव्र गतिको बलिङ आक्रामण र टोली सन्तुलन दुवै मजबुत हुनेछ ।

इंग्ल्यान्डकै स्टार अलराउन्डर बेन स्टोक्स पनि अक्सनमा हुनेछन् । स्टोक्स सनराइजर्स हैदराबाद जाने उच्च सम्भावना छ । हैदराबादसँग ४२ करोड भारु रकम बाँकी छ । त्यसको फाइदा हैदराबाद उठाउने देखिन्छ । क्यामरन ग्रीन, ड्यानियल साम्स, जेसन होल्डर, जिमी निसम, वेन पार्नेल, दासुन शनका र काइल जेमिसन अलराउन्डर विकल्पमा अक्सनमा हुनेछन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.