default_image

1 year ago

December 22, 2022

इंग्ल्यान्डको टोलीमा जोफ्रा आर्चरको पूनरागमन

एजेन्सी – तीव्र गतिका बलर जोफ्रा आर्चरले झण्डै दुई वर्षपछि इंग्ल्यान्डको टोलीमा पूनरागमन गरेका छन् । इंग्ल्यान्डले अर्को महिना दक्षिण अफ्रिकासँग खेल्ने तीन ओडिआई खेलको सिरिजको लागि १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा २०२१ मार्चपछि पहिलो पटक इंग्ल्यान्डको टोलीमा आफ्ना बाउन्सर किंग जोफ्रा आर्चरले पूनरागमन गरेका छन् । अघिल्लो महिना युएईमा इंग्ल्यान्डले […]

133 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जोफ्रा आर्चरले झण्डै दुई वर्षपछि इंग्ल्यान्डको टोलीमा पूनरागमन गरेका छन् । इंग्ल्यान्डले अर्को महिना दक्षिण अफ्रिकासँग खेल्ने तीन ओडिआई खेलको सिरिजको लागि १४ सदस्य टोली घोषणा गरेको छ ।

घोषणा टोलीमा २०२१ मार्चपछि पहिलो पटक इंग्ल्यान्डको टोलीमा आफ्ना बाउन्सर किंग जोफ्रा आर्चरले पूनरागमन गरेका छन् । अघिल्लो महिना युएईमा इंग्ल्यान्डले थ्री डेको अभ्यास खेल खेल्दा आर्चर पनि थिए ।

घरेलु क्रिकेट खेल्नेक्रममा दायाँ हातको कुइनोमा चोट लागेपछि आर्चर २१ महिना मैदान बाहिर रहनु पर्यो । अन्तर्राष्ट्रिय क्रिकेट भने २०२१ मार्चमा भारतविरुद्ध खेलेका थिए ।

आर्चर बाउन्स र योर्करका लागि चिनिन्छन् । साथै उनको तीव्र गतिको बल खेल्न कुनैपनि ब्याटरलाई सहज हुँदैन । उनी १ सय ५५ प्रतिघण्टा किलोमिटरको गतीमा बलिङ गर्ने क्षमता भएका बलर हुन् । ब्याटिङमा उनी हिटरको रुपमा चिनिन्छन् । आर्चरलाई बर्तमान समयका बाउन्सर किंग पनि भनिन्छ । २०१९ को एकदिवसिय विश्वकपमा बंगलादेशविरुद्ध उनले सौम्य सरकारलाई बोल्ड गरेको बल स्टम्पमा लागेर सिधैं बाउन्ड्री बाहिर गएको थियो ।

सन् २०१९ मा इंग्ल्यान्डलाई एकदिवसिय विश्वकप जिताउन आर्चरको प्रदर्शन सानदार थियो । न्युजिल्यान्डलाई सुपर ओभरमा बराबरीमा रोक्दै बाउन्ड्री काउन्टको आधारमा विश्वकप जिताउन आर्चर नायक बनेका थिए ।

विश्वकप प्रतियोगिताभर उत्कृष्ट बलिङका साथ ११ खेलमा २० विकेट लिएका थिए । आर्चरले इंग्ल्यान्डबाट १३ टेस्ट, १७ ओडिआई र १२ टि२० आई खेलेका छन् । सिमित ओभरमा डेथ ओभरका स्पेलिष्ट रुपमा समेत चिनिन्छन् ।

इंग्ल्यान्डले युवा ब्याटर ह्यारी ब्रुकलाई पनि मौका दिएको छ । टि२० विश्वकप हुँदै टेस्ट क्रिकेटमा सानदार प्रदर्शन गरेपछि ब्रुक पहिलो पटक ओडिआई टोलीमा परेका हुन् । यसै साता सम्पन्न पाकिस्तानसँगको तीन टेस्ट खेलमा ब्रुकले तीन शतकसहित ४ सय ६८ रन बनाउँदै प्लेयर अफ द सिरिज चुनिएका थिए ।

२३ वर्षीय ब्रुकले २० टि२० आई खेलमा ३ सय ७२ रन बनाएका छन् । त्यस्तै पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका युवा ब्याटर बेन डकेट पनि २०१६ पछि ओडिआई टोलीमा फर्किएका छन् ।

दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको तीन ओडिआई खेलको सिरिज ६ दिनमा सकिनेछ । पहिलो ओडिआई खेल आगमी वर्ष जनवरी २७, दोस्रो खेल २९ जनवरी र तेस्रो खेल फेब्रुअरी १ मा हुनेछ ।

इंग्ल्यान्डको टोली :

जस बटलर (कप्तान), मोईन अली, जोफ्रा आर्चर, ह्यारी ब्रुक, साम करन, बेन डकेट, डेविड मलान, आदिल राशिद, जेसन रोय, फिलिप साल्ट, ओली स्टोन, रिस टोप्ली, डेविड विल्ली र क्रिस वोक्स ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.