default_image

1 year ago

December 22, 2022

उमेश र आश्विनको उत्कृष्ट प्रदर्शनमा भारत मजबुत

एजेन्सी – तीव्र गतिका बलर उमेश यादव र स्पिनर रविचन्द्रन आश्विनको उत्कृष्ट बलिङमा भारतले दोस्रो टेस्ट खेलमा घरेलु टोली बंगलादेशलाई पहिलो दिनै अल आउट गरेको छ । भारतले ८ ओभरमा १९ रन बनाउँदा पहिलो दिनको खेल सकिएको छ । ओपनर शुभमन गिल १४ र लोकेश राहुल तीन रनमा क्रिजमा छन् । त्यसअघि शेरे नेशनल क्रिकेट […]

114 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर उमेश यादव र स्पिनर रविचन्द्रन आश्विनको उत्कृष्ट बलिङमा भारतले दोस्रो टेस्ट खेलमा घरेलु टोली बंगलादेशलाई पहिलो दिनै अल आउट गरेको छ । भारतले ८ ओभरमा १९ रन बनाउँदा पहिलो दिनको खेल सकिएको छ ।

ओपनर शुभमन गिल १४ र लोकेश राहुल तीन रनमा क्रिजमा छन् । त्यसअघि शेरे नेशनल क्रिकेट स्टेडियम मिरपुरमा टस जितेर पहिला ब्याटिङ थालेको रोजेको बंगलादेश २ सय २७ रनमा अल आउट भायो ।

बंगलादेशका शीर्षक्रमका ब्याटर मोमिनुल हकले १ सय ५७ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८४ रन बनाए । उनी स्पिनर आश्विनको क्यामरम बलमा कट विहाइन्ड आउट भए ।

हक बाहेक अन्य बंगलादेशका ब्याटर मैदानमा टिकेर रन बनाउन सकेनन् । सुरुवात राम्रो गर्दै आउट भएका थिए । ओपनर नाज्मुल हसन शान्टो २४ र पहिलो टेस्टको डेब्यू खेलमा शतक हान्ने जकिर हसन १५ रनमा आउट भए ।

कप्तान सकिब अल हसन खराब सट खेल्दै १६ रनमा मिडअफमा चेतेश्वर पुजाराबाट आउट भए । त्यसपछि क्रिजमा आएका मुश्फिकुर रहिम २५ र लिटन दास २५ रनमा आउट भए ।

एकतर्फबाट हकले बंगलादेशको इनिङ सम्हाल्ले पनि अर्कोतर्फबाट लगातार विकेट गुमायो । क्रिजमा हकलाई कुनैपनि ब्याटरले राम्रो साथ दिन सकेनन् ।

भारतका उमेश यादव र रविचन्द्रन आश्विनले चार चार विकेट लिए । १२ वर्षपछि टेस्टमा पूनरागमन गरेका जयदेव उनादकटले दुई विकेट लिए । दुई टेस्ट खेलको सिरिजमा भारत १–० ले अघि छ । पहिलो खेलमा भारत १ सय ८८ रनले विजयी भएको थियो ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.