3 years ago
December 23, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन आज हुँदैछ । अक्सन नेपाली समय अनुसार भारतको कोचीमा दिउँसो २: ४५ मा सुरु हुनेछ ।

अक्सनमा कुल ४ सय ५ खेलाडी छन् । जसबाट ८७ खेलाडीमाथि मूल्य लाग्नेछ । ३० विदेशी खेलाडीको कोटा छ । अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडी हुनेछन् । ४ खेलाडी एसोसियट देशबाट छन् । आइपिएलमा एक टोलीमा बढीमा २५ खेलाडी अनुबन्ध गर्न पाइन्छ । प्रत्यक टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउँछन् ।
अक्सनमा ९ सय ९१ खेलाडीले नाम दर्ता गराउँदा सर्ट लिष्टमा ३ सय ६९ खेलाडी परेका थिए । पछि फ्रेन्चाइज टोलीको आग्रहमा ३६ खेलाडी थपेको थियो । आइपिएलमा आफ्नो न्यूनतम मूल्य २ करोड भारु राख्ने १९ विदेशी खेलाडी छन् । यस पटक भारतीय कुनैपनि खेलाडीले आफ्नो न्यूनतम मूल्य २ करोड राखेका छैनन् । ११ खेलाडीले न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका छन् ।
अक्सनमा इंग्ल्यान्डका कप्तान बेन स्टोक्स, अलराउन्डर साम करन र अष्ट्रेलियाका क्यामरन ग्रीन सर्वाधिक महँगो मूल्यमा विक्न सक्ने अनुमान गरिएको छ ।
कीर्तिमान तोडिएला ?

आइपिएल अक्सन इतिहासमा सर्वाधिक महँगो मूल्य दक्षिण अफ्रिका अलराउन्डर क्रिस मोरिसले प्राप्त गरेका छन् । २०२१ को अक्सनमा मोरिसलाई किन्न राजस्थान रोयल्सले १६ करोड २५ लाख भारु खर्चेको थियो ।
सर्वाधिक धेरै तलब भने रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहलीले २०१८ देखि २१ सम्म र २०२२ देखि लखनउका कप्तान लोकेश राहुलले १७ करोड भारु पाएका थिए। यो कीर्तिमान साम करन, बेन स्टोक्स र क्यामरन ग्रीनले तोड्न सक्ने चर्चा छ ।
भारतीय ओपनर मयंक अग्रवाल, वेस्टइन्डिजका अलराउन्डर जेसन होल्डर, निकोलस पुरन, दक्षिण अफ्रिका ब्याटर राइली रोसोउ, इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुक र तीव्र गतिका बलर रिस टोप्ली पनि महँगो मूल्यमा बिक्ने सम्भावना छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सन, बंगलादेशका सकिब अल हसन, भारतीय अलराउन्डर सनविर सिंह महँगो मूल्यमा बिक्न सक्छन् ।
सर्वाधिक युवा र बुढा खेलाडी

यस अक्सनमा अफगानिस्तानका १५ वर्षीय स्पिनर अल्लाह मोहम्मद गजान्फर सर्वाधिक कान्छा खेलाडी हुन् । ४० वर्षीय भारतीय स्पिनर अमित मिश्रा सर्वाधिक बुढा खेलाडी हुन् ।
आइपिएल नखेल्ने निर्णय लिने खेलाडीहरु
अष्ट्रेलियाका प्याट कमिन्स, मिचेल स्टार्क, स्टिभ स्मिथ, इंग्ल्यान्डका साम बिलिंग्स, क्रिस वोक्स, एलेक्स हेल्स लगायतका खेलाडीले यो सिजनको आइपिएल नखेल्ने निर्णय लिएका छन् । त्यसैले यी खेलाडी अक्सनमा हुने छैनन् ।
प्रत्यक्ष प्रसारण: प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।
कुन टोलीलाई कति खेलाडी आवश्यक र पैसा बाँकी ?

हैदराबाद यस पटक अक्सनमा सर्वाधिक खर्च गर्न पाउने फ्रेन्चाइज टोली हो । कप्तान केन विलियम्सन र निकोलस पुरनलाई फुकुवा गरेपछि हैदराबादसँग अक्सनमा ४२ करोड २५ लाख रुपैयाँ बाँकी छ । अक्सनमा हैदराबदले कुल १३ खेलाडी किन्न सक्छ । ४ विदेशी खेलाडीको कोटा बाँकी छ ।
अक्सनमा सबैभन्दा कम रकम कोलकाता नाइट राइडसँग छ । कोलकतासँग ७ करोड ५ लाख भारु मात्रै बाँकी छ । अक्सनमा कोलकाताको ११ खेलाडीको कोटा बाँकी छ । जसबाट ३ विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछ ।
चार पटकको च्याम्पियन चेन्नई सुपर किंगसँग २० करोड ४५ लाख भारु खर्च गर्न पाउने रकम छ । चेन्नईसँग ७ खेलाडीको कोटा बाँकी छ । चेन्नईले अक्सनमा दुई मात्रै विदेशी खेलाडी किन्न सक्छ । दिल्ली क्यापिटल्सले १९ करोड ४५ लाख अक्सनमा रकम खर्च गर्न पाउनेछ । जसमा दुई विदेशी र तीन भारतीय खेलाडी किन्न सक्छ ।

साविक विजेता गुजरात टाइटन्ससँग १९ करोड २५ लाख बाँकी छ । ७ खेलाडीको कोटा छ । तीन विदेशी खेलाडीको कोटा बाँकी छ । लखनऊ सुपर जायन्ट्ससँग २३ करोड ३५ लाख बाँकी छ । उक्त रकमबाट १० खेलाडी किन्न सक्छ । ४ विदेशी खेलाडीको कोटा बाँकी छ ।
पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्ससँग २० करोड ५५ लाख भारु छ । जसमा तीन विदेशीसँगै कुल ९ खेलाडीको कोटा बाँकी छ । पन्जाब किंग्ससँग ३२ करोड भारु बाँकी छ । पन्जाबको टोलीमा तीन विदेशीसँगै कुल ९ खेलाडीको कोटा छ ।
रोयल च्यालेन्जर्स बेंगलोरसँग ८ करोड ७५ लाख मात्रै बाँकी छ । अक्सनमा बेंगलोरले दुई विदेशी खेलाडी किन्न सक्छ । कुल ७ खेलाडीको कोटा बाँकी छ । राजस्थान रोयल्ससँग १३ करोड बाँकी छ । राजस्थानले ९ खेलाडी किन्न सक्छ । जसमा ४ विदेशी खेलाडीको कोटा बाँकी छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]