default_image

1 year ago

December 23, 2022

नेपाल टि२० लिगको विजेताले ५५ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको विजेताले ५५ लाख नेपाली रुपैयाँ पाउने भएको छ । विजेता टोलीले ५५ लाख प्राप्त गर्दा उप विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो टोलीले १० लाख र चौथो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । त्यस्तै प्रतियोगिता प्लेयर अफ द टुनामेन्टले पाँच लाख […]

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको विजेताले ५५ लाख नेपाली रुपैयाँ पाउने भएको छ ।

विजेता टोलीले ५५ लाख प्राप्त गर्दा उप विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो टोलीले १० लाख र चौथो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

त्यस्तै प्रतियोगिता प्लेयर अफ द टुनामेन्टले पाँच लाख रुपैयाँ पाउने भएका छन् । प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २ लाख ५० हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने भएका छन् ।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् ।

क्यानले विना खुल्ला प्रतिस्पर्धा विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टि२० लिग आयोजना अधिकार ८ वर्षका लागि ३३ करोडमा बेचेको थियो । प्रतियोगिता शनिबार देखि टियु क्रिकेट मैदानमा सुरु हुनेछ । प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा सुरु हुनेछ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.