3 years ago
December 23, 2022
एजेन्सी – अष्ट्रेलिया युवा अलराउन्डर क्यामरन ग्रीन इन्डियन प्रिमियर लिग (आइपिएल) १७ करोड ५० लाख भारु (२७ करोड १८ लाख नेपाली रुपैयाँ) मा मुम्बई इन्डियन्समा पुगेका छन् । ग्रीनले आइपिएल इतिहासमा सर्वाधिक मूल्य पाउने दोस्रो खेलाडी हुन् । केहि मिनेट अघि मात्रै इंग्ल्यान्डका साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो ।

यसअघि आइपिएलमा सर्वाधिक मूल्य रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहली र लखनउ सुपर जायन्ट्सका लोकेश राहुलले १७ करोड भारु रिटेनमा पाएका थिए । कोहलीले २०१८ देखि २१ र राहुलले गतवर्ष देखि पाएका हुन् । अक्सनमा भने २०२१ मा राजस्थान रोयल्सले दक्षिण अफ्रिका क्रिस मोरिसलाई १६ करोड २५ लाख भारु खर्चिएको थियो ।
जुन यसअघि आइपिएल इतिहासकै उच्च मूल्य थियो । ग्रीनलाई किन्न अक्सनमा रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सबीच कडा प्रतिस्पर्धा भएपछि क्यामरन ग्रीनले १७ करोड ५० लाख भारु पाएका हुन् ।
ग्रीनलाई किन्न बेंगलोरले ६ करोड ७५ लाख भारुपछि छाडेको थियो । बेंगलोरसँग ८ करोड भारुमात्रै छ । त्यसपछि दिल्ली र मुम्बईबीच कडा प्रतिस्पर्धा भयो । पहिलो पटकनै ग्रीनले १७ करोड ५० लाख भारु पाएका हुन् । जुन अप्रत्याशित मूल्य थियो ।

ग्रीन तीव्र गतिको बलिङसँगै विष्फोटक ब्याटिङ गर्ने गर्दछन् । उनले ब्याटिङमा ओपनिङदेखि तल्लोक्रम सम्म खेल्न सक्छन् । गत सेप्टेम्बरमा भारतविरुद्ध ग्रीनले ३० बलमा ८ चौका र ४ छक्कासहित ६१ रनको विष्फोटक इनिङ खेलेपछि अष्ट्रेलियाले २ सय ९ रनको लक्ष्य चार बल अगाडिनै पूरा गरेको थियो ।
त्यसै सिरिजमा भारतविरुद्ध २१ बलमा ७ चौका र ३ छक्कासहित ५२ रनको विष्फोटक इनिङ खेले । त्यसक्रममा उनले १९ बलमै अर्धशतक हानेका थिए । अग्ला कदका ग्रीनले अष्ट्रेलियाको टेस्ट र ओडिआईमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । त्यसैको कारण मुम्बईले महँगो मूल्य खर्चिएको हो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]