3 years ago
December 23, 2022
एजेन्सी – इंग्ल्यान्डका सुपर स्टार अलराउन्डर बेन स्टोक्स इन्डियन प्रिमियर लिग (आइपिएल) महेन्द्रसिंह धोनीसँगै चेन्नई सुपर किंग्सबाट खेल्ने भएका छन् ।

भारतको कोचीमा जारी मिनी अक्सनमा बेन स्टोक्सलाई चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले १६ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ । जुन बेन स्टोक्सले आइपिएल करिअरमा पाएको सर्वाधिक महँगो मूल्य समेत हो ।
बेन स्टोक्सलाई २०१७ को अक्सनमा राइजिङ पुणे सुपर जायन्ट्सले १४ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो । जुन उनले आइपिएलमा पाएको सर्वाधिक मूल्य थियो । बेन स्टोक्सलाई २०१८ मा राजस्थान रोयल्सले १२ करोड ५० लाख भारुमा किनेको थियो । न्यूनतम मूल्य २ करोड राखेका स्टोक्सलाई किन्न त्यस अक्सनमा चेन्नई, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर, सनराइजर्स हैदराबाद र लखनउबीच प्रतिस्पर्धा भएको थियो ।

२ करोड न्यूनतम मूल्य राखेका बेन स्टोक्सलाई किन्न ७ करोडपछि लखनउ आएको थियो । लगत्तै हैदराबाद आएपछि झनै महँगो मूल्य पाएका हुन् । चेन्नईले भने १५ करोडपछि मात्रै मूल्य लगाउन सुरु गरेको थियो । तेस्रो प्रयासमा चेन्नईले किनेको थियो ।
स्टोक्सले गतवर्ष आइपिएल खेलेनन् । बुबाको मृत्युपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट नै विश्राम लिएका थिए । त्यसैको कारण टि२० विश्वकप समेत खेलेका थिएनन् । बेन स्टोक्सले ४३ आइपिएल खेलमा २ शतकसहित कुल ९ सय २० रन बनाउनुको साथै २८ विकेट लिएका छन् ।
२०२० को आइपिएलमा राजस्थान रोयल्सले मुम्बईविरुद्ध १ सय ९६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा बेन स्टोक्सले १ सय ७ रनको सानदार शतकीय इनिङ खेलेका थिए । २०१७ मा पुणेबाट गुजरातविरुद्ध १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए ।

दुई महिनअघि इंग्ल्यान्डलाई टि२० विश्वकप उपाधि जिताउन बेन स्टोक्सले सानदार प्रदर्शन गरेका थिए । फाइनलमा पाकिस्तानविरुद्ध स्टोक्सले ५२ रनको अविजित परिपक्क प्रदर्शन गर्दै उपाधि पक्का गराएका थिए । २०१९ को एकदिवसीय विश्वकप उपाधि जित्न बेन स्टोक्सले सानदार प्रदर्शन गरेका थिए ।
बायाँ हाते अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटमा तीनै शैलीमा उच्च प्रदर्शन गर्दै आएका छन् । ओडिआईबाट भने सन्न्यासको घोषणा गरि सकेका छन् । उनको कप्तानीमा इंग्ल्यान्डको टेस्ट टोलीले विष्फोटक ब्याटिङ गर्दै आएको छ
चेन्नई महेन्द्रसिंह धोनीपछिको स्थायी कप्तानको खोजीमा छ । गतवर्ष पहिलो पटक रविन्द्र जडेजालाई कप्तानी दिएपनि पछि पुन धोनीले गरेका थिए । धोनी आफ्नो करिअरको अन्तिम समयतिर छन् । त्यसैले बेन स्टोक्स राम्रो विकल्प हुन हुन् । अनि महँगो मूल्य खर्चिएका हुन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]