3 years ago
December 23, 2022
एजेन्सी – वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरनलाई लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा १६ करोड भारु ( २५ करोड ६० लाख नेपाली रुपैयाँ) मा किनेकोछ ।

सनराइजर्स हैदराबादले फुकुवा गरेको आक्रामक ब्याटर पुरनलाई किन्न अक्सनमा लखनउ, राजस्थान, मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा भएको थियो ।
२ करोड न्यूनतम मूल्य राखेका पुरनलाई चेन्नईले ३ करोड २० लाखपछि बोली लगाउन छाडेको थियो । लखनउ ७ करोड २० लाखपछि मूल्य लगाउन सुरु गरेको थियो । त्यसपछि दिल्ली र लखउनबीच कडा प्रतिस्पर्धा भएको थियो । आइपिएल इतिहासमा विकेटकिपरको रुपमा सर्वाधिक मूल्य गतवर्ष मुम्बई इन्डियन्सले ईशान किशनलाई १५ करोड २५ लाख भारुमा किनेको थियो ।
वेस्टइन्डिजका विकेटकिपर निकोलस पुरन आक्रामक ब्याटरको रुपमा चिनिन्छन् । पुरनलाई सनराइजर्स हैदराबादले १० करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो । पुरनलाई २०१७ मा मुम्बईले न्यूनतम ३० लाख भारुमा किनेको थियो । २०१९ देखि २०२१ सम्म पन्जाब सुपर किंग्समा ४ करोड २० लाख भारुमा खेलेका थिए ।

पुरन विकेटकिपर र विष्फोटक ब्याटरमा विकल्प हुन् । उनलाई मध्यक्रम र फिनिसरको भूमिकामा फ्रेन्चाइज टोलीले प्रयोग गर्न सक्छन् । केहि दिन अघि सम्पन्न आवुधाबी टि१० लिगमा सानदार प्रदर्शन गर्दै १० खेलमा ३ मा अर्धशतकसहित २३४।६९ को स्ट्राइकरेटमा ३ सय ४५ रन बनाएका थिए ।
टि२० विश्वकपमा सम्झन लायक प्रदर्शन गर्न नसकेपनि पुरनले पुन टि१० मा आफ्नो लय फर्काएका छन् । जसले गर्दा महँगो मूल्य पाएका हुन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]