default_image

3 years ago

December 23, 2022

आइपिएलमा बिक्ने लिटिल आयरल्यान्डका पहिलो खेलाडी

237 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जोशुवा लिटिल इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिक्ने पहिलो आयरल्यान्डका खेलाडी बनेका छन् । २३ वर्षीय बायाँ हाते बलर जोशुवा लिटिललाई साविक च्याम्पियन गुजरात टाइटन्सले ४ करोड ४० लाख भारुमा किनेको छ ।

आइपिएल इतिहासमा उनी आयरल्यान्डबाट उनी पहिलो पटक परेका हुन् । टि२० विश्वकपमा गत नोभेम्बरमा लिटिलले न्युजिल्यान्डविरुद्ध ह्याट्रिक लिँदै सानदार प्रदर्शन गरेका थिए । उक्त विश्वकपमा लिटिलले सानदार प्रदर्शन गर्दै ११ विकेट लिएका थिए । लिटिल नयाँ बल र डेथ ओभर दुबैमा सानदार प्रदर्शन गर्दै आएका छन् ।

लिटिलले अक्सनमा ५० लाख भारु न्यूनतम मूल्य तोकेका थिए । तर लखनउ र गुजरातबीच प्रतिस्पर्धा भएपछि करोडमा बिकेका हुन् । लिटिलले ५३ टि२० आई खेलमा ६२ विकेट लिएका छन् ।

उनको टि२० आईमा इकोनमी ७.६५ हुँदा उत्कृष्ट प्रदर्शन ४–२३ छ । उनले २२ ओडिआई खेलमा ३३ विकेट लिएका छन् । लिटिलको बलिङमा भेरै भेरियसन हुँदा गुजरातले उनलाई किनेको हो । यस आइपिएल अक्सनमा आयरल्यान्डबाट युवा ब्याटर ह्यारी टेक्टर र ओपनर पउल स्टर्लिङ पनि रहेका छन् । गतवर्ष लिटिल चेन्नई सुपर किंग्सको नेटबलरको रुपमा रहेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.