3 years ago
December 23, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन भारतको कोचीमा सम्पन्न भएको छ । अक्सनमा इंग्ल्यान्डका अलराउन्डर साम करनले आइपिएल इतिहासकै सर्वाधिक मूल्य १८ करोड ५० लाख भारु पाए ।

यो आइपिएल इतिहासमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य थियो । उनीपछि यसै अक्सनमा अष्ट्रेलिया अलराउन्डर क्यामरन ग्रीनलाई मुम्बई इन्डियन्सले १७ करोड ५० लाख भारुमा अनुबन्ध गरेको छ । यी दुई खेलाडी आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य पाउने खेलाडी हुन् ।
यसअघि अक्सनमा दक्षिण अफ्रिका क्रिस मोरिसले २०२१ मा राजस्थान रोयल्सबाट १६ करोड २५ लाख भारु पाएका थिए । त्यो नै अक्सनमा एक खेलाडीले पाएको सर्वाधिक रकम थियो । रिटनमा भने विराट कोहलीले रोयल च्यालेन्जर्स बेंगलोरबाट २०१८ देखि २०२१ सम्म तथा लखउनले लोकेश राहुललाई २०२२ देखि १७ करोड भारुमा अनुबन्ध गरेको थियो ।
इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सलाई चेन्नई सुपर किंग्सले १६ करोड २५ लाख भारुमा अनुबन्ध गर्यो । सनराइजर्स हैदराबादले मध्यक्रमका ब्याटर ह्यारी ब्रुकलाई १३ करोड २५ लाख भारुमा अनुबन्ध गर्यो । लखनउ सुपर जायन्ट्सले निकोलस पुरनलाई १६ करोड भारुमा किन्यो ।
अलराउन्डर महँगो मूल्यमा विक्दा बलरहरु भने फ्रेन्चाइज टोलीको प्राथमिकतामा पर्न सकेनन् । स्पिनर यस अक्सनमा सबैभन्दा बढी मर्कामा परे । अक्सनमा कुल ४ सय ५ खेलाडी थिए । अक्सनमा ८० खेलाडी १ सय ६७ करोडमा भारुमा बिक्री भएका छन् । इंग्ल्यान्डका जो रुट, आयरल्यान्डका जोशुवा लिटिल, इंग्ल्यान्डका रिस टोप्ली, विल ज्याक्स, फिलिप साल्ट र जिम्बावेका सिकन्दर राजा पहिलो पटक आइपिएल अक्सनमा बिने । आइपिएल अक्सन २०२३ को मिनी अक्सनपछि सम्पूर्ण फ्रेन्चाइज टोलीहरु यस प्रकार छन् ।
दिल्ली क्यापिटल्स :

डेविड वार्नर, पृथ्वी शा, राइली रोसोउ, शरफराज खान, मनिष पाण्डे, यश धुल, ऋषभ पन्त, फिलिप साल्ट, अक्षर पटेल, मिचेल मार्श, रोभमान पावेल, ललित यादव, रिपल पटेल, अमान खान, प्रविन दुबे, विक्की ओस्टल, एनरिच नोर्किया, कुलदीप यादव, खलिल अहमद, ईशान्त शर्मा, चेतन सकारिया, मुश्ताफिजुर रहमान, लुन्गी एनगिडी, मुकेश कुमार र कमलेश नगरकोटी ।
रोयल च्यालेन्जर्स बेंगलोर :

विराट कोहली, ग्लेन म्याक्सवेल, हर्षल पटेल, वानिन्दु हसरंगा, फाफ डु प्लेसिस, जोश हेजलवुड, मोहम्मद शिराज, अनुज रावत, दीनेश कार्तिक, विल ज्याक्स, शहबाज अहमद, डेविड विल्ली, रिस टोप्ली, महिपाल लोमर, फेबिएन एलेन, सिद्धार्थ कौल, राजन कुमार, अभिनाश सिंह, कर्ण शर्मा, सुयश प्रभुदेशाई, सोनु यादव, मनोज भन्डागे, अक्षदीप, हिमान्शु शर्मा र रजत पाटीदार ।
कोलकाता नाइट राइडर्स :

आन्द्रे रसेल, श्रेयस ऐर, बरुणचक्रवर्ती, शार्दुल ठाकुर, लोकी फर्गुसन, नितिश राणा, वेंकटेश ऐर, सुनिल नारायण, उमेश यादव, टिम साउथी, सकिब अल हसन, डेविड विजा, नारायण जगदीशन, वैभव अरोरा, रिंकु सिंह, मन्दीप सिंह, लिटन दास, रहमानउल्लाह गुरबाज, अनुकुल रोय, कुलवान्त खेजरोलिया, हर्षहित राना र सुयश शर्मा ।
पन्जाब किंग्स :

साम करन, लियाम लिभिङस्टोन, कागिसो रबाडा, शाहरुख खान, शिखर धवन, जोनी बेयरस्टो, राहुल चाहर, अर्शदीपसिंह, हरप्रीत ब्रार,राज अंगद बाबा, नाथन एलिस, प्रभसिमरन सिंह, ऋषी धवन, सिकन्दर राजा, भानुका राजपक्षे, हरप्रीत भाटिया, अथर्व तायडे, मोहित राथे, शिवम सिंह, बालजित सिंह, जितेश शर्मा र विद्धत कावेरप्पा ।
चेन्नई सुपर किंग्स :

बेन स्टोक्स, रविन्द्र जडेजा, दीपक चाहर, महेन्द्रसिंह धोनी, मोईन अली, अम्बाती रायुडू, ऋतुराज गायकवाड, शिवम दुबे, मिचेल सान्टनार, राजवर्धन हांगरगेकर, प्रशान्त सोलन्की, डेभन कन्वे, काइल जेमिसन, महेश थिक्सना, निशान्त सिन्धु, अजिक्या रहाणे, ड्वेन प्रिटोरियस, अजय मंडल, सुभ्रान्शु सेनापती, मुकेश चौधरी, सिमरजित सिह, मथिसा पाथिराना, शैक राशिद र तुषार देशपान्डे ।
राजस्थान रोयल्स :

सन्जु स्यामसन, जस बटलर, प्रसिद्ध कृष्ण, शिम्रन हेटमायर, ट्रेन्ट बोल्ट, देवदत्त पाडिक्कल, युजभेन्द्र चहल, जेशन होल्डर रविचन्द्रन आश्विन, यशस्वी जैसवाल, रियान पराग, नवदीप सैनी, एडम जाम्पा, जो रुट, ओबेद म्याककोय, डोनोभान फेरेरा, केएम आसिफ, केसी चरिप्पा, कुलदीप सेन, ध्रुब जुरेल, कुलदीप यादव, अब्दुल बसिथ, कुनाल सिंह राठोर, मुरुगन आश्विन र आकाश वशिष्ठ ।
मुम्बई इन्डियन्स :

क्यामरन ग्रीन, रोहित शर्मा, ईशान किशन, जस्प्रित बुमराह, टिम डेविड, सूर्यकुमार यादव, जोफ्रा आर्चर, डेवाल्ड ब्रेभिस, तिलक बर्मा, झेय रिचर्डसन, जेसन बेहरनर्डोफ, पियुष चवला, अर्जुन तेन्दुलकर, रमनदीप सिंह, साम्स मुलानी, नेहाल अधेरा, कुमार कार्किकेय, ऋतिक शौकीन, आकाश मधवाल, अर्शद खान, राधव गोयल, दुवान यानसन, ट्रिस्टन स्टब्स र विष्णु विनोद ।
सनराइजर्स हैदराबाद :

ह्यारी ब्रुक, वासिन्टन सुन्दर, राहुल त्रिपाठी, मयंक अग्रवाल, अभिषेश शर्मा, हेनरिक क्लासेन, भुवनेश्वर कुमार, मार्को यानसन, कार्तिक त्यागी, अब्दुल शर्मा, उमरान मलिक, टि नटराजन, विवरांत शर्मा, एडेन माक्ररम, आदिल राशिद, मयंक डागर, ग्लेन फिलिप्स, अकिल हुसैन, मयंक मारकान्डे, फजलहक फारुकी, उपेन्द्र यादव, सनविर सिंह, नितेश कुमार रेड्डी, अनोमलप्रीत सिंह र सामर्थ ब्यास ।
लखनउ सुपर जायन्ट्स :

लोकेश राहुल, निकोलस पुरन, मार्कस स्टोइनिस, आवेश खान, क्रुनाल पान्ड्या, मार्क वुड, क्विन्टन डि कक, दीपक हुडा, रवि विश्रोई, कृष्णाप्पा गोथम, ड्यानिल साम्स, अमित मिश्रा, काइल मेयर्स, जयदेव उनादकट, रोमारियो शेफर्ड, नविन उल हक, यश ठाकुर, मोहसिन खान, आयुष बदोनी, युधविर चक्र, कर्ण शर्मा, मयंक यादव,स्वपनील सिंह, मनान बोहरा र प्रेरक मांकड ।
गुजरात टाइटन्स :

हार्दिक पान्ड्या, राशिद खान, राहुल टेवाटिया, शुभमन गिल मोहम्मद शामी, शिवम माभी, जोशुवा लिटिल यश दयाल, रविसाई किशोर, डेविड मिलर, अभिनव मनोहर, म्याथ्यु वेड, अल्जारी जोशेफ, केन विलियम्सन, ऋद्धिमान शाह, जयन्त यादव, विजय शंकर, श्रिकर भरत, मोहित शर्मा, ओडेन स्मिथ, नुर अहमद,दर्शन नलकाण्डे, उरविल पाटिल, साई सुदर्शन र प्रदीप सांगवान ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]