default_image

3 years ago

December 24, 2022

मन्त्रीले नै गरे नेपाल टि२० लिगको उद्धघाटन

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नै नेपाल टि२० लिगको उद्घाटन गरेका छन् । पोखरा एभेन्जर्स र काठमाडौं नाइट्सबीचको खेलमा दुवै टोलीलाई शुभकामना दिँदै गहतराजले उद्धघाटन गरेका छन् ।

नेपाल टि२० लिगलाई आयोजना गर्न विदेशी खेलाडीले श्रम स्वीकृति नगरेको बताइँदै आएका छन् । नेपाल टि२० लिगलाई लिएर लगातार आलोचना र विवाद भइरहँदा भने खेलकुद मन्त्रीले नै उद्घाटन गरेका छन् । उनले विवादित भनिएको ‘वान एक्स ब्याट’ लगायत प्रायोजकलाई पनि धन्यवाद दिए ।

खेलुकद मन्त्रीले नै उद्घाटन गर्दा सबै विवाद समाधान भएको अनुमान गर्न सकिन्छ । स्रोतका अनुसार श्रम स्वीकृति प्रक्रियामा राखेपछि जरिवाना तिरेर खेलाडी प्रयोग गर्न पाइने प्रावधान अनुसार विदेशी खेलाडीसहित प्रतियोगिता सुरु भएको हो ।

६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिता विजेता टोलीले ५५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उप विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो टोलीले १० लाख र चौथो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

लिगको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) ले पाँच लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता हरेक प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता उदीयमान खेलाडीले १ लाख ८० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिता शनिबार देखि सुरु हुनेछ । प्रतियोगिता तेस्रो पटक सर्दै शनिबार देखि सुरु हुने भएको हो । ६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् ।

पहिलो खेलमा आज काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल लुम्बिनी अल स्टार्स र फार वेस्टबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता डबल राउन्ड रोविन जनवरी ७ सम्म चल्नेछ । त्यसपछि शीर्ष दुई टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्नेछन् ।

तेस्रो र चौथो टोलीले एलिमिनेटर हुँदै दोस्रो क्वालिफायर खेल्नु पर्ने हुन्छ । फाइनल जनवरी ११ मा हुनेछ । नेपालमा खेल एक्सन स्पोर्ट्सबाट हेर्न सकिनेछ । विभिन्न बाहनामा नेपाल टि२० लिग तीन पटक सरेको छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.