3 years ago
December 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका अलराउन्डर आजमतुल्लाह ओमारजाईको विष्फोटक ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । काठमाडौंका आजमतुल्लाह ओमरजाईले ४२ बलमा ३ चौका र ७ छक्कासहित सर्वाधिक ८५ रनमा अविजित रहे । ओमरजाईले आरिफ शेखलाई छक्का हान्दै २७ बलमा अर्धशतक पूरा गरेका थिए ।
सुनाम गौतम २८ बलमा २ चौकासहित २८ रनमा अविजित रहे । एक समय खराब सुरुवात गर्दै ४८–५ को दयनीय अवस्थामा पुगे काठमाडौंलाई ओमरजाई र गौतमले १ सय १४ रनको अविजित शतकीय साझेदारी गर्दै उत्कृष्ट पूनरागमन गराए ।

तीव्र गतिका बलर प्रतिश जि.सीले टियु एण्डबाट आउँदै काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ललाई बोल्ड गर्दै डक आउट पेभेलिएन फर्काए । प्रतिशले दोस्रो ओभरको तेस्रो बलमा ओपनर सन्तोष काकीलाई ३ रनमा बोल्ड गरेको छ । कप्तान ज्ञानेन्द्र मल्ललाई पाँचौं बलमा शून्यमा बोल्ड आउट गरे ।
त्यसपछि स्पिनर जाखिर खानले मध्यक्रम धरासयी बनाए । इंग्ल्यान्डका एलेक्स ब्लेक २२ बलमा २ चौका र १ छक्कासहित २१ रनमा आउट भए । उनी जाहिरको बलमा बोल्ड भए । जाहिर खानले लोकेश बमलाई ४ रनमा बोल्ड गरे । ओपनर विरनदीप सिंहलाई स्पिनर मौसम ढकालले १० रनमा एलबीडब्लू आउट गरे । उनले १५ बल खेलेका थिए ।

पोखराका प्रतिश जि.सीले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । जाहिर खानले ३ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मौसम ढकालले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]