3 years ago
December 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इंग्ल्यान्डका अनुवभी ब्याटर जो रुटले इन्डियन प्रिमियर लिग (आइपिएल) पहिलो पटक खेल्ने भएका छन् । शुक्रबार भएको मिनी अक्सनमा जो रुटलाई राजस्थान रोयल्सले १ करोड भारुमा किनेको छ ।

रुट पहिलो अक्सनमा उनलाई कुनैपनि टोलीले किनेका थिएनन् । पछि अन्तिम समयमा राजस्थानले जो रुटलाई किनेको हो । योसँगै जो रुट पहिलो पटक आइपिएल खेल्ने भएका छन् ।
शीर्षक्रमका भरपर्दा ब्याटर रुटले यसअघि २०१८ को मेघा अक्सनमा मात्रै आफ्नो नाम राखेका थिए । त्यो समय न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेपनि कुनैपनि टोलीले किनेका थिएनन् । त्यसपछि अक्सनमै नाम दिन छाडेका थिए ।
जो रुटले इंग्ल्यान्डबाट ३२ टि२० आई खेलमा ५ अर्धशतकसहित ८ सय ९३ रन बनाएका छन् । जो रुट पछिल्लो पटक इंग्ल्यान्डको टि२० टोलीबाट २०१९ मे ५ मा पाकिस्तानविरुद्ध खेलेका थिए । तर इंग्ल्यान्डले उनको स्थानमा डेविड मलानलाई प्रयोग गरेपछि बाहिर रहनु परेको थियो ।

२०१६ को टि२० विश्वकपमा दक्षिण अफ्रिकाले दिएको २ सय ३० रनको विजयी लक्ष्य इंग्ल्यान्डले १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्दा रुट प्लेयर अफ द म्याच चुनिएका थिए । रुटले उक्त खेलमा ४४ बलमा ६ चौका र ४ छक्कासहित ८३ रनमा आउट भएका थिए ।
२०१३ मा रुटले अष्ट्रेलियाविरुद्ध ४९ बलमा १३ चौका र १ छक्कासहित ९० रनमा आउट भएका थिए । रुट ओडिआई र टेस्टका भने विश्व क्रिकेटकै उत्कृष्ट ब्याटर हुन् । विश्व क्रिकेटका वर्तमान समयका शीर्ष चार ब्याटरमा रुटको नाम आउने गर्दछन् ।
रुटले इंग्ल्यान्डको घरेलु टि२० क्रिकेटमा भने सानदार प्रदर्शन गर्दै आएका छन् । रुटले टेस्टमा २८ शतक, पाँच दोहोरो शतकसहित १० हजारमाथि रन बनाएका छन् । रुट शीर्षक्रमका भरपर्दा ब्याटर हुन् ।
राजस्थान रोयल्स :
सन्जु स्यामसन, जस बटलर, प्रसिद्ध कृष्ण, शिम्रन हेटमायर, ट्रेन्ट बोल्ट, देवदत्त पाडिक्कल, युजभेन्द्र चहल, जेशन होल्डर रविचन्द्रन आश्विन, यशस्वी जैसवाल, रियान पराग, नवदीप सैनी, एडम जाम्पा, जो रुट, ओबेद म्याककोय, डोनोभान फेरेरा, केएम आसिफ, केसी चरिप्पा, कुलदीप सेन, ध्रुब जुरेल, कुलदीप यादव, अब्दुल बसिथ, कुनाल सिंह राठोर, मुरुगन आश्विन र आकाश वशिष्ठ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]