3 years ago
December 24, 2022
एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटिङ अलराउन्डर विल ज्याक्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले करोड मूल्यमा टोलीमा अनुबन्ध गरेको छ । मिनी अक्सनमा बेंगलोरले विल ज्याक्सलाई ३ करोड २० लाख भारुमा किन्यो ।

न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका विल ज्याक्सलाई किन्न अक्सनमा राजस्थान रोयल्स र बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो । राजस्थानले ३ करोड सम्म मूल्य लगाएर छाडेको थियो ।
विल ज्याक्स ओपनर देखि तल्लोक्रमसम्म राम्रो ब्याटिङ गर्ने गर्दछन् । आक्रामक ब्याटरका रुपमा चर्चित विल ज्याक्स स्पिन बलिङ पनि त्यतिनै राम्रो खेल्ने गर्दछन् । उनले इंग्ल्यान्डबाट समान दुई टेस्ट र दुई टि२० आई खेल खेलेका छन् ।
दुई साता अघि मात्रै पाकिस्तानसँग टेस्ट खेलमा डेब्यू गर्दै उनले ६ विकेट लिएका थिए । २०१८ मा उनले २५ बलमै शतक हानेका थिए । प्रि सिजन टि१० क्लासमा सर्रेबाट विल ज्याक्सले ल्याङ्कशायरविरुद्ध २५ बलमै शतक हान्दै दुर्लभ कीर्तिमान राखेका थिए । जसक्रममा उनले एकै ओभरमा स्टेफन पेरीलाई ६ बलमा ६ छक्का हान्दै २५ बलमा शतक हानेका थिए ।

उक्त खेलमा विल ज्याक्सले ३० बलमा ८ चौका र ११ छक्कासहित १ सय ५ रनमा शतकीय इनिङ खेलेका थिए । क्रिकेट इतिहासमा २५ बलमै शतक सर्वाधिक छिटो हो । उनीअघि क्रिस गेलले २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलमै शतक हानेका थिए ।
२४ वर्षीय विल ज्याक्स २०१८ को यू–१९ विश्वकपमा इंग्ल्यान्डको उपकप्तान थिए । क्यानडाविरुद्ध उनले १ सय २ रनको शतकीय इनिङ खेलेका थिए । विल ज्याक्सले पाकिस्तान सुपर लिग, बिग ब्यास लिग लगायतका विश्व चर्चित लिगहरु खेलि सकेका छन् ।
उनले १ सय २ टि२० खेलमा १ शतक, २० अर्धशतक, १५४.३९ को स्ट्राइकरेटमा २ हजार ५ सय ३२ रन बनाएका छन् । यसै वर्ष द हन्ड्रेड खेलमा ४८ बलमा १० चौका र ८ छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेले ।
विष्फोटक ब्याटिङ शैली र स्पिन राम्रो हुँदा बेंगलोरले उनलाई करोडमा अनुबन्ध गरेको हो । बेंगलोरका ग्लेन म्याक्सवेल घाइते छन् । उनी फिट नहुँदा सबैभन्दा राम्रो विकल्प समेत हुनेछन् ।

रोयल च्यालेन्जर्स बेंगलोर :
विराट कोहली, ग्लेन म्याक्सवेल, हर्षल पटेल, वानिन्दु हसरंगा, फाफ डु प्लेसिस, जोश हेजलवुड, मोहम्मद शिराज, अनुज रावत, दीनेश कार्तिक, विल ज्याक्स, शहबाज अहमद, डेविड विल्ली, रिस टोप्ली, महिपाल लोमर, फेबिएन एलेन, सिद्धार्थ कौल, राजन कुमार, अभिनाश सिंह, कर्ण शर्मा, सुयश प्रभुदेशाई, सोनु यादव, मनोज भन्डागे, अक्षदीप, हिमान्शु शर्मा र रजत पाटीदार ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]