default_image

3 years ago

December 24, 2022

पहिलो खेलमा चलेनन् भारतीय विश्वकप विजेता कप्तान

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर करण केसीले भारतीय यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्दको विकेट लिएका छन् । नेपाल टि२० लिगमा फार वेस्टर्न युनाइटेडका करण केसीले लुम्बिनी अल स्टार्सका ओपनर उन्मुक्त चन्दलाई आउट गरेका छन् ।


टियु एन्डबाट आएका करणले चन्दलाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच आउट खेले । चन्दले ७ बल खेल्दा कुनै चौका र छक्का प्रहार गर्न सकेनन् । अर्का ओपनर लाहिरु मिलान्थाले भने आक्रामक सुरुवात दिलाएका छन् ।

लुम्बिनीले ४ ओभरमा १ विकेट गुमाउँदै २८ रन बनाएको छ । लाहिरु १३ बलमा २ चौका र १ छक्कासहित १८ र कुशल भुर्तेल ७ रनमा अविजित छन् । उन्मुक्त २०१२ का यू१९ विश्वकप विजेता कप्तान हुन् ।

भारतीय सिनियर टोलीमा लामो समय प्रतिक्षा गरिरहँदा पनि मौका नपाएपछि चन्दले गत वर्ष सन्न्यासको घोषणा गर्दै अमेरिका लागेका थिए । एक समय चन्दलाई भारतीय क्रिकेटको ब्याटिङको भविष्य मानिन्थ्यो । तर भारतीय क्रिकेटमा तीव्र प्रतिस्पर्धामा उनले आफ्नो स्थान बनाउन सकेनन् ।

चन्दको कप्तानीमा भारतले सन् २०१२ मा यू१९ विश्वकप जितेको थियो । त्यसअघि २००८ मा विराट कोहलीको कप्तानीमा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा १२ रनले हराउँदै यू१९ विश्वकप जितेको थियो । भारतीय क्रिकेट टोलीमा विराट कोहलीले लगातार सानदार प्रदर्शन गरेपछि चन्दले टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

चन्दले फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतलाई उपाधि जिताउँदा १ सय ३० बलमा ७ चौका र ६ छक्का सहित कुल १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । अमेरिकाबाट क्रिकेट खेल्ने तयारीमा छन् । गतवर्ष उनी अमेरिका लागेका थिए ।

उनले आइपिएल दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबाट खेलेका छन् । सुरुवाती समय दिल्लीबाट घरेलु क्रिकेट खेलेका उनले त्यहाँ राम्रो मौका नपाएपछि पछिल्लो समय उत्तरखण्डबाट खेलेका थिए । चन्दले ७७ प्रथम श्रेणी, १ सय २० लिष्ट ए र ७७ टि२० आई खेलेका छन् ।

लुम्बिनीको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो, लाहिरु मिलन्था, प्याट ब्राउन, उन्मुक्त चन्द र विपुल शर्मा ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.