default_image

3 years ago

December 24, 2022

अल स्टार्सको सानदार विजयी सुरुवात

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा उपाधि दाबेदार लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ६७ रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको फार वेस्ट युनाटेड १६.२ ओभरमा ८५ रनमा अल आउट भयो । उसका लागि कप्तान हशमतुल्लाह शाहिदीले ४४ बलमा २ चौकासहित सर्वाधिक ३५ रनमा आउट भए । विकेटकिपर विनोद भण्डारी ११ बलमा १ छक्कासहित १३ रनमा आउट भए ।

अन्य कुनैपनि फार वेस्टका खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीको सानदार बलिङ सामू फार वेस्टका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर देव खनाल ९, हरिशंकर शाह शून्य, भीम सार्की तीन, बसन्त कार्की दुई, राशिद खान एक, उमेर अली चार र करण केसी एक रनमा आउट भए ।

लुम्बिनीका दीपेन्द्रसिंह ऐरीले २.२ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । प्याट ब्राउन, किशोर महतो र विपुल शर्माले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । लुम्बिनीको लागि ओपनर लाहिरु मिलान्थाले ५० बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए ।

गुलशन झाले १० बलमा ३ छक्कासहित २५ रनमा रन आउट भए । अन्तिम ओभरमा अन्तिम बलमा बल पाएका गुलशन रन आउट भएका थिए । अन्तिम ओभरमा एक रन आउट सहित करण केसीले मात्रै ६ रन खर्चिए कुल तीन विकेट लिए ।

प्रमुख ब्याटर तथा ओपनर उन्मुक्त चन्द दोस्रो ओभरमै आउट हुन पुगे । टियु एन्डबाट आएका करण केसीले दोस्रो ओभरको अन्तिम बलमा उन्मुक्त चन्दलाई विकेटकिपर विनोद भण्डारीबाट दुई रनमा गराए । चन्दले सात बल खेल्दा उनले कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेनन् ।

कुशल भुर्तेल उमेर अलीको बलमा सात रनमा शेर मल्लबाट क्याच आउट भए । तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरी र लाहिरु मिलान्थाले ७२ बलमा ८४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरी ३५ रनमा उमेर अलीको बलमा एलबीडब्लू आउट भए । दीपेन्द्रले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । विपुल शर्मा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए । फार वेस्ट युनाइटेडका उमेर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । करण केसीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।

लुम्बिनीले दोस्रो खेलमा आइतबार विराटनगर सुपर किंग्ससँग खेल्नेछ । फार वेस्ट युनाइटेडले सोमबार काठमाडौं नाइट्ससँग खेल्नेछ । काठमाडौंले पहिलो खेलमा पोखरालाई २६ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.