3 years ago
December 24, 2022
भुपेन्द्र जिसी, काठमाडौं
ड्राफ्टमा अनुबन्ध नभएका युवा लेगस्पिनर मौसम ढकाल शनिबार नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सबाट काठमाडौं नाइट्सविरुद्ध मैदान उत्रिए । पोखरा काठमाडौंसँग २६ रनले पराजित भएपनि मौसम ढकालले ४ ओभरमा ३२ रन खर्चिर १ विकेट लिए ।

मौसमले मलेसियाका ब्याटर विरनदीप सिंहलाई १० रनमा आउट भए । पोखराले टसको समयमा बुझाएको लिष्टमा विशाल विक्रम केसीको प्रिन्ट भएको नामलाई काटेर मौसम ढकालको नाम हातले लेखेर बुझाएको थियो । क्यानले यसअघि सार्वजनिक गरेको खेलाडी सूचीमा पनि विशालकै नाम थियो । तर खेल चलिरहँदा युवा अलरान्डर विशाल विक्रम केसी मैदान, डगआउट र ड्रेसिङ रुमभन्दा पनि बाहिर भीआइपी बक्समा थिए ।
पोखराका कप्तान शरद भेषावकरले क्यानसँग आग्रह गरेर नै मौसमलाई टोलीमा राखेको बताए । ‘ड्राफ्टको लिष्टमा उनले पनि नाम पठाएका थिए । अन्तिम छनोटमा कुनै टोलीमा परेका थिएनन् । हामीले राम्रो भविष्य बोकेको खेलाडी हो भनेर क्यानमा आग्रह गर्यौं । यदि हाल्न मिल्छ र सबैले मान्नु हुन्छ भने खेलाउँछौं, मिल्दैन भने हुन्छ भनेका थियौं । क्यानले एउटा इमेल गर्नुस् हामी त्यसमा हेर्छौं भन्नुभयो । त्यसै अनुसार प्रक्रिया पूरा गरेर क्यानले खेलाउनुस् भनेपछि हामीले खेलाएका हौं’, कप्तान शरदले खेलपछि भने ।

शरदले नियम आफूहरुलाई पनि राम्रोसँग थाहा नभएको र शुक्रबार मात्रै यसबारे जानकारी भएको बताए । ‘हामीलाई पनि नियम राम्रोसँग थाहा थिएन । हिजो मात्रै थाहा भयो कि जो १५ जना प्राथमिकतामा पर्नुभयो वहाँहरुलाई नै खेलाउनु पर्छ । कुनै खेलाडी घाइते भएमा पहिलानै लिखित निवेदन दिएपछि खेलाउन पाइन्छ भन्ने थाहा भयो’, शरदले भने ।
मौसमलाई टोलीमा समेटेसँगै अब विशाल टोलीमा फर्कन कुनै खेलाडी बाहिर भएको अवस्थामा मात्र सम्भव हुन्छ । विशालले पोखरा बाहेक अन्य टोलीबाट भने खेल्न पाउने छैनन् । यस विषयमा विशालले आफूलाई केहि थाहा नभएको बताए । ‘यस विषयमा मलाई केहि थाहा छैन । केहि भनेको पनि छैन’, विशालले भने ।
नेपाल टि२० गर्भनिङ काउन्सिका अध्यक्ष प्रशान्त विक्रम मल्लले एक फ्रेन्चाइज टोलीले १२ सम्म नेपाली खेलाडी राख्न पाउने बताए । ‘अक्सनमा हामीले १२ खेलाडीसम्म लिन पाउने भनेका थियौं । लिनपर्ने न्यूनतम ११ खेलाडी हो । तर एउटा एक्स्ट्रा नेपालको हितको लागि लिनुस् भनेका थियौं । त्यसैले फार वेस्टर्न युनाइटेडले प्रकाश जैशीलाई थप्दै १२ खेलाडी लिएको थियो । फार वेस्ट बाहेक अन्यले भने राखेका थिएनन् । १२ भन्दा बढी खेलाडी भने पाइदैन । एउटा टोलीमा १७ खेलाडीको हुन्छ । विदेशी पाँच खेलाडी राख्न पाइन्छ’, प्रशान्तले भने ।

तर उपाधिको प्रमुख दाबेदार लुम्बिनी अल स्टार्सले टोलीमा ७ विदेशी खेलाडी घोषणा गरेको छ । विदेशी खेलाडी आउने जाने हुँदा संख्या बढी रहेको उनले बताए ।
रुपन्देही तिलोत्तमा १३ का बासिन्दा मौसम लेगस्पिनर हुन् । नेपाल एपिएफ क्लबमा लामो समय नेट बलरको भूमिकामा रहेका उनले यसै सिजनमा खेल्ने मौका पाएका थिए । नेपाल एपिएफ क्लबलाई दुई महिना अघि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा च्याम्पियन बनाउन मौसमले ६ खेलमा १५ विकेट लिँदै शीर्षक्रममा थिए । जसक्रममा मौसम ढकाल प्रतियोगिता उदीयमान खेलाडी चुनिएका थिए ।
टोलीमा वसन्त रेग्मी नभएपछि एपिएफले मौसमलाई मौका दिएको थियो । मौसमले उक्त मौकाको भरपूर फाइदा उठाए । गत वर्ष एभरेष्ट प्रिमियर लिग (इपिएल) मै शरदनै कप्तान रहेको भैरहवा ग्ल्याडियटर्समा मौसम ट्यालेन्ट हन्टबाट टोलीमा परेका थिए । कप्तान शरदले भविष्यमा मौसम राष्ट्रिय टोलीमा नै लेग स्पिनरको विकल्पका रुपमा उदाउन सक्ने खेलाडी रहेको बताएका थिए ।
यता लुम्बिनीबाट घरेलु क्रिकेट खेल्ने विशालले नेपालको यू-१६ र यू-१९ खेलि सकेका छन् । उनकै कप्तानीमा नेपालले २०७६ मा एसिसी यू१६ वेस्टर्न रिजनको उपाधि जितेको थियो । विशाल ब्याटिङ अलराउन्डर हुन् । विशालले मध्यक्रममा राम्रो ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछन् ।
विशाललाई पोखराले सी ग्रेड अर्थात पाँच लाखमा किनेको थियो । तर अन्तिम समयमा उनको स्थानमा मौसम टोलीमा समावेश भएका छन् । ड्राफ्टमा परेपनि बाहिर रहेपछि निराश देखिएका उनले यसपटक मैदानमा प्रवेश गर्ने कमजोर सम्भावना छ । नेपाल टि२० लिगमा ए ग्रेडका खेलाडीले १५ लाख, बी ग्रेडका खेलाडीले १० लाख र सी ग्रेडका खेलाडीले पाँच लाख पाउने गर्दछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]