3 years ago
December 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु भएको नेपाल टि२० लिगमा सहभागी ६ मध्य तीन टोलीले मात्र नेपाली खेलाडीलाई कप्तानी सुम्पिएका छन् ।

शनिबारदेखि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको नेपाल टि२० लिगमा लुम्बिनी अलस्टार्स, काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सले नेपाली खेलाडीलाई कप्तानको जिम्मेवारी दिएका छन् । अन्य तीन टोलीमा विदेशी खेलाडी कप्तान हुँदा नेपाली खेलाडी उपकप्तान बनेका छन् । बाँकी तीन कप्तानमध्य दुई वेस्टइन्डिज र एक अफगानिस्तानका छन् ।
पोखराको कप्तानी शरद भेषावकरले गरेका छन् । नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान शरद नयाँ फ्रेन्चाइज लिग पनि जित्ने लक्ष्यसहित टोलीको नेतृत्व गरिरहेका छन् । पोखराले काठमाडौंविरुद्ध बुझाएको लिष्टमा भने आशिफ शेख र शरद भेषावकर दुवैलाई कप्तान राखेको थियो । तर त्यो प्राविधिक त्रुटि मात्र रहेको बुझ्न सकिन्छ । टसदेखि खेलमा कप्तानी शरदले नै गरेका थिए ।

काठमाडौंले राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिएको छ । ज्ञानेन्द्रको कप्तानीमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले हराउँदै विजयी सुरुवात पनि गरेको छ । लुम्बिनी अल स्टार्सले भने औपचारिक कार्यक्रममार्फत नै दीपेन्द्रसिंह ऐरीलाई कप्तानी दिएको थियो । दीपेन्द्र उमेर समूहमा कप्तान तथा राष्ट्रिय टोलीको उपकप्तान पनि रहिसकेका छन् ।
यता फार वेस्ट युनाइटेडले अफगानिस्तानका हशमतुल्लाह शाहिदीलाई कप्तानी दिँदा करण केसीलाई उपकप्तान दिएको छ । खेलपछि करण केसीले शाहिदीको अनुभवलाई देखेर कप्तानी दिएको बताए । शाहिदी अफगानिस्तानका वर्तमान समयमा ओडिआई कप्तान समेत हुन् ।
जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सले वेस्टइन्डिजका खेलाडीलाई कप्तान बनाएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र जिम्बावेका सिकन्दर राजालाई छाडेर विराटनगरले वेस्टइन्डिजका आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको छ । रोहित विराटनगरको उपकप्तानको जिम्मेवारीमा छन् ।

यता जनकपुर रोयल्सले वेस्टइन्डिजका ट्रेभोन ग्रिफिथलाई कप्तान बनाउँदा सोमपाल कामीलाई उपकप्तान बनाएको छ । सोमपाल नेपाली फ्रेन्चाइज लिगमा सफल कप्तानका रुपमा परिचित छन् । उनकै कप्तानीमा गत वर्ष चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिगको उपाधि जितेको थियो । यसबाहेक उनले अन्य फ्रेन्चाइज लिगमा पनि कप्तानको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]