default_image

3 years ago

December 25, 2022

लाहिरुको उत्कृष्ट ब्याटिङमा विराटनगरलाई प्रतिस्पर्धात्मक लक्ष्य

271 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लाहिरु मिलान्थाको उत्कृष्ट ब्याटिङमा लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । अल स्टार्सका ओपनर लाहिरु मिलान्था ६३ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ८० रनमा अविजित रहे । मिलान्थालो ४१ बलमा लगातार दोस्रो अर्धशतक प्रहार गरे । मिलान्थाले पहिलो खेलमा फार वेस्ट युनाइटेडविरुद्ध ६० रन जोडेका थिए ।

ओपनर उन्मुक्त चन्द आजको खेलमा पनि दुई रनमै आउट भए । तीव्र गतिका बलर हुसन तालतको दोस्रो ओभरको पाँचौं बलमा टप एज लागेर विकेटकिपर अर्जुन साउदबाट आउट भए । कुशल भुर्तेल १७ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।

स्पिनर साहब आलमको बलमा कुशल स्टम्पिङ आउट हुन पुगे । दीपेन्द्रसिंह ऐरी १८ बलमा १ छक्कासहित १६ रनमा रन आउट भए । कप्तान आन्द्रे म्याकार्थीको बलमा अनिल डिप मिडविकेटमा ६ रनमा विवेक यादवबाट आउट भए । सिकन्दर राजाले विपुल शर्मालाई ११ रनमा स्टम्पिङ आउट गराए । गुलशन झा ४ र योगेन्द्रसिंह कार्कीले एक रन बनाए ।

विराटनगरका नन्दन यादव, हुसन तालत, शाहब आलम, सिकन्दर राजा र आन्द्रे म्याकार्थीले एक एक विकेट लिए । लुम्बिनीले पहिलो खेलमा ६७ रनले फार वेस्ट युनाइटेडलाई हराउँदै विजयी सुरुवात गरेको थियो । विराटनगरको भने यो पहिलो खेल हो ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.