3 years ago
December 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जनकपुर रोयल्सले नेपाल टि२० लिगमा शरद भेषावकर कप्तान रहेको पोखरा एभेन्जर्समाथि पाँच विकेटको सहज जित हात पारेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो ।

जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका सन्दीप जोरा ३० बलमा २ चौका र ३ छक्कासहित ४० रनमा अविजित रहे । सागर पुन ३५ बलमा ५ चौका र १ छक्कासहित ३८ रनमा आउट भए ।
कप्तान ट्रेभोन ग्रिफ्रिथले ९, चाडविक वाल्टन १९, राजेश पुलामी ९ र शराफुद्धिन अशरफले ६ रन बनाए । पोखराका जाहिर खानले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । शरद भेषावकर र मौसम ढकालले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । पोखराका ओपनर आसिफ शेख ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

एक समय पोखरा ११.२ ओभरमा ९४-२ को बलियो अवस्थामा थियो । तर त्यसपछि नाटकीय रुपमा लगातार विकेट पतन हुँदा एक समय १७-४ ओभरमा १११-९ को अवस्थामा पुगेको थियो । पछि नवौं नम्बरका ब्याटर प्रतिश जिसीले १८ बलमा ४ छक्कासहित २८ रन जोडे ।
पोखरा सिद्धान्त लोहनीले दशौं ओभरमा जनकपुरका कप्तान ट्रेभोन ग्रिफिथलाई एकै ओभरमा चार छक्का हाने । दशौं ओभरको सुरुवाती दुई बलमा लगातार सिद्धान्तले दुई छक्का हानेका थिए ।
तेस्रो बलमा दुई रन लिँदा त्यसपछि चौथो र पाँचौं बलमा लगातार दुई छक्का हानेका थिए । आठौं ओभरको पाँचौं बलमा आमिर हम्जा १८ रनमा आउट भएपछि कप्तान शरद भेषावकरले सिद्धान्तलाई ब्याटिङका लागि पठाएका थिए ।

सोमपाल कामीले उपुल थरंगालाई दुई रनमै क्याच आउट गराए । सिद्धान्त स्पिनर सराफूद्धिन अशरफको बलमा २९ रनमा बोल्ड भए । उनले १६ बलमा ४ छक्का हाने । अर्को ओभरमा कुशल मल्ल पवन सरार्फको बलमा दुई रनमा एलबीडब्लू आउट भए । दुई बलपछि आरिफ शेख शून्यमा एलबीडब्लू आउट भएपछि पोखरा १२.५ ओभरमा ९७–५ को अवस्थामा पुगेको थियो ।
ललित नारायण राजवंशीको बलमा ठूलो सट खेल्ने धुनमा मिस हुँदा कप्तान शरद भेषावकर दुई रनमा बोल्ड भए । ललितले अभिमन्यु मिथुनलाई दुई रनमा कट एण्ड बोल्ड आउट गरे । केस्रिक विलियम्सनले आसिफ शेखलाई आउट बोल्ड गरेपछि पोखरा १११–९ को दयनीय अवस्थामा पुगेको थियो ।
१९ औं ओभरमा प्रतिश जि।सीले मोहम्मद आदिल आलमलाई तीन छक्का हाने । अन्तिम ओभरको तेस्रो बलमा केस्रिकलाई प्रतिशले छक्का हाने । तर चौथो फुलटस बलमा भने उनी एलबीडब्लू आउट हुन पुगे ।

जनकपुरका केस्रिक विलियम्सले ३.४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । शराफुद्दिन शरफले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । ललितनारायण राजवंशीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । कप्तान ग्रिफिकले २ ओभरमा ४३ रन खर्चिए ।
पोखरा पहिलो खेलमा काठमाडौं नाइट्ससँग २६ रनले पराजित भएको थियो । पोखराले मंगलबार लुम्बिन अलस्टार्ससँग खेल्नेछ । जनकपुरले सोमबार काठमाडौं नाइट्ससँग खेल्नेछ । लुम्बिनी २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ६ टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]