3 years ago
December 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान हशमतुल्लाह शाहिदीको अलराउन्ड प्रदर्शनमा फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई चार विकेटले हराएको छ । फार वेस्टले पहिलो जित हात पार्दा काठमाडौंको पहिलो हार हो ।

जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको फार वेस्ट युनाइटेडले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । फार वेस्टका लागि कप्तान हशमतुल्लाह शाहिदीले ४९ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५० रनमा अविजित रहे । कप्तान शाहिदी बाहेक अन्यको भने राम्रो प्रदर्शन हुन सकेन ।
ओपनर देव खनाल २८ बलमा २ चौकासहित १७ रन र हरिशंकर शाह शून्यमा आउट भए । भीम सार्की ११, विनोद भण्डारी ४, बसन्त कार्की शून्य र उमेर अली एक रनमा आउट भए । करण केसी ७ बलमा १ चौकासहित ८ रनमा अविजित रहे ।
काठमाडौंका अनिल खरेलले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । आजमतुल्लाह ओमरजाई, रयान बर्ल, बसिर अहमद र अभिनाश बोहराले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन बनायो । काठमाडौंका लागि इंग्ल्यान्डका एलेक्स ब्लेक ३७ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४५ रनमा अविजित रहे । अन्तिम ओभरमा करण केसीलाई ब्लेकले १६ रन बटुल्दै एक सय रन नजिक पुर्याए ।

खराब ब्याटिङ गर्नेक्रममा काठमाडौंका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर विरनदीप सिंहलाई स्पिनर शेर मल्ले चौथो ओभरको अन्तिम बलमा चार रनमा बोल्ड गरे । विरनदीले १० बल खेल्दा बाउन्ड्री प्रहार गर्न सकेनन् । स्पिनर भुवन कार्कीको बलमा ठूलो सट खेलेका सन्तोष कार्की २० बलमा १ चौकासहित १२ रनमा उमेर अलीबाट आउट भए ।
कप्तान ज्ञानेन्द्र मल्ल ९ बलमा १ छक्कासहित १३ रनमा आउट भए । ज्ञानेन्द्र हशमतुल्लाह शाहिदीको बलमा एलबीडब्लू आउट हुन पुगेका थिए । उमेर अलीको बलमा रयान बर्ल एज लागेर विकेटकिपर विनोद भण्डारीबाट दुई रनमा क्याच आउट भए । शाहिदीकै बलमा लोकेश बम खराब सट खेल्दै सट लेगमा शेर मल्लबाट क्याच आउट भए ।

पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८५ रनको उत्कृष्ट इनिङ खेलेका आजमतुल्लाह ओमरजाई स्पिनर भुवन कार्कीको बलमा ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा राशिद खानबाट तीन रनमा क्याच भएपछि १३ ओभरमा ६५–६ को दयनीय अवस्थामा पुगेको थियो ।
फार वेस्टका हशमतुल्लाह शाहिदीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । उमेर अलीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । भुवन कार्कीले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । शेर मल्लले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । काठमाडौंले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले हरायो । फार वेस्ट लुम्बिनी अल स्टार्ससँग ६७ रनले पराजित भएको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]