default_image

1 year ago

December 30, 2022

शरद बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी ब्याटर शरद भेषावकरलाई पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडविरुद्ध बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा युनाइटेडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । पोखराले दुई खेलाडीलाई बेन्चमा राखेको छ । प्रतिश जि.सी र शरद भेषावकरलाई बेन्चमा राखेको छ । शरदले सुरुवाती तीन […]

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी ब्याटर शरद भेषावकरलाई पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडविरुद्ध बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा युनाइटेडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

पोखराले दुई खेलाडीलाई बेन्चमा राखेको छ । प्रतिश जि.सी र शरद भेषावकरलाई बेन्चमा राखेको छ । शरदले सुरुवाती तीन खेलमा कप्तान गरेका थिए । त्यसपछि उपुल थरंगाले कप्तानी गरेका थिए ।

पोखराले लगातार पाँच खेलमा हार बेहोरेको छ । शरदको पाँच खेलमा ३६ बल खेलेर एक चौकासहित कुल २४ रन बनाएका छन् । शरद काठमाडौं नाइट्ससँग ६ रनमा अविजित, जनकपुर रोयल्सविरुद्ध २, लुम्बिनी अल स्टार्ससँग ५, विराटनगर सुपर किंग्ससँग ९ र २ रन जोडेका थिए ।

शरदको स्थानमा आरिफ शेखलाई मौका दिएको छ । प्रतिशले ५ खेलमा तीन विकेट लिएपनि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । तल्लोक्रममा राम्रो ब्याटिङ पनि गर्दै आएका छन् । प्रतिशको स्थानमा तुलबहादुर थापालाई मौका दिएको छ । यता फार वेस्ट युनाइटेडले शेर मल्लको स्थानमा प्रकाश जैशीलाई मौका दिएको छ ।

पोखरा एभेन्जर्सको प्लेइङ ११ : आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, तुलबहादुर थापा, विपिन खत्री, सुमित महर्जन, सिद्धान्त लोहनी, उपुल थरंगा, जाहिर खान, आमिर हाम्जा र अभिमन्यु मिथुन ।

फार वेस्टको प्लेइङ ११ :

करण केसी, विनोद भण्डारी, भीम सार्की, देव खनाल, राशिद खान, भुवन कार्की, हरिशंकर शाह, प्रकाश जैशी, हासिम अन्सारी, हश्मातुल्लाह शाहिदी र उमेर अली खान ।

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

May 2, 2024

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग […]

Success

Thank you for your time.