3 years ago
December 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिग मिडसिजनमा पुगेको छ । अर्थात लिगका आधा खेल सकिएका छन् । लिग चरणका कुल ३० मध्य १६ खेल सम्पन्न भएका छन् ।

नेपाल टि२० लिग नेपाली क्रिकेटरले घरेलु क्रिकेट इतिहासकै सर्वाधिक मूल्य पाउने छन् । ए ग्रेडका खेलाडीले १५ लाख, बी ग्रेडका खेलाडीले १० लाख र सी ग्रेडका खेलाडीले पाँच लाख रुपैयाँ पाउने छन् । १५ लाख पाउने नेपाल टि२० लिगमा ७ खेलाडी छन् ।
६ मार्की खेलाडी र एक अन्य गरि ७ खेलाडी हुन् । पोखरा एभेन्जर्स १५ लाख पाउने दुई खेलाडी राख्ने एक्लो टोली हो । सर्वाधिक मूल्य पाउने नेपाली खेलाडीको प्रदर्शन अपेक्षा अनुसार हुन सकेको छैन । हालसम्म नेपाल टि२० लिगमा १५ लाख पाउने ७ खेलाडीको प्रदर्शन यस प्रकार छ ।
७. शरद भेषावकर– पोखरा

घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान शरद मार्की खेलाडीबाहेक १५ लाख पाउने एक्लो नेपाली क्रिकेटर हुन् । पोखराले आसिफ शेखलाई मार्की खेलाडी राखेपनि शरदलाई पनि ए श्रेणीकै हैसियतमा किनेको थियो । शरदको प्रदर्शन यस प्रतियोगितामा सम्झनलायक छैन । ६ मध्य पाँच खेल खेल्दा कुनैपनि खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन् ।
शरदले सुरुवाती तीन खेलमा कप्तानी गरे । त्यसपछि कप्तानबाट हटे । पछिल्ला दुई खेलमा शरद बेन्चमै बस्नु पर्यो । शरदले ५ खेलमा ३६ बल खेल्दै कुल २४ रन बनाएका छन् । एक मात्रै चौका प्रहार गरेका शरदको उच्च प्रदर्शन ९ रन छ । तीन विकेट पनि लिएका छन् ।
शरदले काठमाडौं नाइट्सविरुद्ध ६ बलमा ६ रन जोडेका थिए । जनकपुर रोयल्सविरुद्ध ८ बलमा दुई रन बनाउँदा एक विकेट लिए । लुम्बिनीविरुद्ध ३ बलमा एक चौकासहित पाँच रन जोडे । शरदले जारी प्रतियोगितामा चौका प्रहार गरेको यो एक मात्रै खेल हो ।
विराटनगरविरुद्ध १३ बलमा ९ रन बनाउनुको साथै २ विकेट लिएका थिए । विराटनगरविरुद्ध शरदले ६ बलमा २ रन बनाएका थिए । लगातार पाँच खेलमा हारपछि पोखराले शरदलाई बेन्चमा राख्ने निर्णय लियो ।
६. आसिफ शेख – पोखरा

पोखराले आसिफ शेखलाई मार्की खेलाडीको रुपमा किनेको थियो । आसिफ यस प्रतियोगितामा हालसम्म सर्वाधिक रन बनाउने खेलाडी हुन् । पोखरा लगातार पाँच खेलमा हारपछि दुई खेल जित्दा आसिफले उत्कृष्ट प्रदर्शन गरेका छन् । ओपनर आसिफ शेखले ७ खेलमा १ सय ८३ बल खेल्दै १८ चौका र ४ छक्कासहित कुल २ सय २ सय ४ रन बनाएका थिए । लुम्बिनी अल स्टार्सका लाहिरु मिलान्थाले ५ खेलमा २ सय रन बनाएका छन् । अन्य ब्याटरले दुई सय रन बनाउन सकेका छैनन् ।
आसिफ नेपाल टि२० लिगमा अर्धशतक हान्ने पहिलो नेपाली खेलाडी पनि हुन् । आसिफ काठमाडौंसँग ५ रन र जनकपुरविरुद्ध ३९ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा आउट भए ।
लुम्बिनी अल स्टार्ससँग ६, विराटनगर सुपरकिंग्ससँग १०, ११ र फार वेस्ट युनाइटेडविरुद्ध ३३ बलमा २ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । लुम्बिनीलाई पहिलो हारको स्वाद चखाउन आसिफले उत्कृष्ट ब्याटिङ गरे । आसिफ शेख ६२ बलमा ९ चौकासहित ७७ रनमा अविजित रहेपछि पोखराले लुम्बिनीलाई ९ विकेटले हरायो । आसिफ नै खेलको प्लेयर अफ द म्याच चुनिए ।
५. ज्ञानेन्द्र मल्ल- काठमाडौं

काठमाडौंले मार्की खेलाडीको रुपमा ज्ञानेन्द्र मल्ललाई १५ लाखमा किनेको थियो । कप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन सम्झन लायक छैन । ज्ञानेन्द्रले ४ खेलमा १९ बल खेल्दै १४ रन बनाएका छन् ।
एक मात्रै छक्का प्रहार गर्दा १३ रन उच्च प्रदर्शन छ । पोखरासँग ज्ञानेन्द्र शून्यमै आउट भए । फार वेस्टविरुद्ध ९ बलमा १ छक्कासहित १३ रन, जनकपुर रोयल्ससँग एक र लुम्बिनी अल स्टार्ससँग शून्यमा आउट हुन पुगे ।
४.सोमपाल कामी – जनकपुर

सोमपाल कामी जनकपुर रोयल्सका मार्की खेलाडी र उपकप्तान हुन् । उपकप्तान सोमपाल कामीको प्रदर्शन पनि कमजोर छ । सोमपालले ब्याटिङतर्फ मात्रै एक इनिङमा ६ बल खेल्दै ६ रन बनाएका छन् ।
सोमपालले पोखरा, काठमाडौं, विराटनगर र फार वेस्टविरुद्ध एक एक विकेट लिएका छन् । बलिङतर्फ १३.५ ओभरमा १ सय ४ रन खर्चेर कुल ४ विकेट लिएका छन् । सोमपालले विराटनगर सुपर किंग्सविरुद्ध २ ओभरमा ९ रन खर्चिदा विकेट लिन सकेनन् । सोमपाल विकेट विहीन बनेको पहिलो खेल समेत हो ।
३. करण केसी – फार वेस्ट

फार वेस्ट युनाइटेडले करण केसीलाई मार्की खेलाडीकै रुपमा किनेको थियो । उनी टोलीको उपकप्तान हुन् । करणले भने यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । करणले ५ खेलमा ४१ बल खेल्दै ८ चौका र ४ छक्कासहित कुल ७९ रन बनाउनुको साथै १९.२ ओभरमा १ सय ५२ रन खर्चेर ९ विकेट लिएका छन् ।
अल स्टार्ससँग एक रन बनाउँदा ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका थिए । काठमाडौंसँग ४ ओभरमा ३२ रन खर्चेर विकेट विहीन बने । जुन विकेट विहीन बनेको एक मात्रै खेल हो । ७ बलमा १ चौकासहित ८ रन बनाएका थिए ।
अल स्टार्ससँग ६ बलमा २ चौकासहित १२ रन बनाउँदा ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

अन्तिम ओभरमा अल स्टार्सलाई जितको लागि पाँच रन चाहिँदा करणले मात्रै चार रन खर्चेर सानदार प्रदर्शन गरेपछि खेल सुपर ओभरमा पुगेको थियो । तर सुपर ओभरमा भने करणले १९ रन खर्चिदा फार वेस्टले १० रन मात्रै बनाउन सक्यो ।
करणले जनकपुरविरुद्ध १७ बलमा ३ चौका र ४ छक्कासहित ४६ रनको विष्फोटक इनिङ खेले । बलिङमा ३.२ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए । पोखराविरुद्ध करणले ७ बलमा २ चौकासहित १२ रन बनाउँदा ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।
२. दीपेन्द्रसिंह ऐरी – लुम्बिनी

लुम्बिनी अल स्टार्सका मार्की तथा कप्तान दीपेन्द्रसिंह ऐरीको प्रदर्शन औसत छ । दीपेन्द्रले ६ खेलमा १ सय ८ बल खेल्दा ५ चौका र ३ छक्कासहित कुल १सय ७ रन बनाउनुको साथै १८.२ ओभरमा १ सय ४ रन खर्चेर ४ विकेट लिएका छन् ।
दीपेन्द्रले पहिलो खेलमा फार वेस्टविरुद्ध ३८ बलमा २ चौका र १ छक्कासहित कुल ३५ रन बनाएका थिए । बलिङतर्फ २.२ ओभरमा ६ रन खर्चेर ३ विकेट लिएका थिए ।
विराटनगरसँग १८ बलमा १ छक्कासहित १६ रन बनाउँदा एक विकेट लिए । पोखरा र फार वेस्टसँग २ र ४ रनमा आउट भए । काठमाडौंविरुद्ध २७ बलमा ३ चौका र १ छक्कासहित ४० रन जोडे । दीपेन्द्र पोखरासँग १३ बलमा १० रन बनाउँदा ३ ओभरमा २० रन खर्चिएर विकेट लिन सकेनन् ।
१. रोहित पौडेल – विराटनगर

नेपाली क्रिकेट टोलीका कप्तान समेत रहेका विराटनगर सुपर किंग्सका मार्की तथा उपकप्तान रोहित पौडेलले राम्रो प्रदर्शन गरेका छन् । रोहितले ५ खेलमा १ सय २३ बल खेल्दा १२ चौका र ४ छक्कासहित कुल १ सय ३४ रन बनाएका छन् ।
अल स्टार्ससँग रोहित २७ बलमा ३ चौकासहित २५ रनमा आउट भएका थिए । जनकपुरसँग २९ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा आउट भए ।
पोखरासँग पहिलो खेलमा ५ रनमा आउट भए । पोखरासँग दोस्रो खेलमा भने रोहितले ५७ बलमा ६ चौका र ३ छक्कासहित प्लेयर अफ द म्याच चुनिए । जनकपुरसँग रोहित एक रनमा आउट भए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]