default_image

1 year ago

December 31, 2022

शिनवारीको विष्फोटक ब्याटिङमा विराटनगरलाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – समिउल्लाह शिनवारीको विष्फोटक ब्याटिङमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सलाई १ सय ९० रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । जनकपुरका समिउल्लाह शिनवारी ४० बलमा ६ चौका र […]

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – समिउल्लाह शिनवारीको विष्फोटक ब्याटिङमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सलाई १ सय ९० रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । जनकपुरका समिउल्लाह शिनवारी ४० बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ७८ रनमा अविजित रहे । खडक बोहरा १२ बलमा १ छक्कासहित १५ रनमा अविजित रहे ।

विष्फोटक ब्याटिङ गर्नेक्रममा अन्तिम ९ बलमा ५ छक्का र एक चौकासहित कुल ३७ रन जोडेको थियो । अन्तिम ओभरमा सन्जिब कुमारस्वामीले तीन छक्का र एक चौकासहित कुल २४ रन खर्चेका थिए । कप्तान ट्रेभन ग्रिफिकले १४ बलमा ४ चौकासहित १९ रनमा आउट भए ।

पवन सरार्फ ६ बलमा २ रनमा आउट भए । चाडविक पाल्टन २२ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए । सन्दीप जोरा १८ बलमा ४ चौकासहित २० रनमा आउट भए । सन्दीप र वाल्टन दुबै सूर्यको बलमा एलबीडब्लू धरापमा परे ।

विराटनगरका हुसेन तालतले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । सूर्य तामाङले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.