default_image

1 year ago

December 31, 2022

पुलिसले महिला प्रधानमन्त्री कप खेल्न नपाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबको महिला टोलीले पुष २९ देखि प्रदेश एकमा हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने पक्का भएको छ । नवौं राष्ट्रिय खेलकुदबाट घरेलु क्रिकेटमा डेब्यू गर्दै स्वर्ण जितेको पुलिसले खेल्न नपाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ‘पुलिस प्रधानमन्त्री कपमा सहभागी हुँदैन । हाम्रो वर्षभरीको […]

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबको महिला टोलीले पुष २९ देखि प्रदेश एकमा हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने पक्का भएको छ ।

नवौं राष्ट्रिय खेलकुदबाट घरेलु क्रिकेटमा डेब्यू गर्दै स्वर्ण जितेको पुलिसले खेल्न नपाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

‘पुलिस प्रधानमन्त्री कपमा सहभागी हुँदैन । हाम्रो वर्षभरीको पहिला बजेट बनेको हुन्छ । कुनै टिमलाई सहभागी गराउन हाम्रो तीन महिना अघिनै बोर्ड बैठकबाट निर्णय गराउनु पर्ने हुन्छ । त्यो टोलीको पनि समयमा पत्रचार भएन । पत्रचार भएको भए हामीले बैठकमा लान पनि मिल्थ्यो । बजेट पहिला नै बनाई सकेको हुँदा अप्ठारो पर्न गयो । त्यसैले यो वर्षको लागि सहभागी नहुने भयो’, क्यानका कोषाअध्यक्ष रोशनसिंहले हाम्रो खेलकुदससँग भने ।

खेलाडीलाई खेल्नबाट भने बन्चित नगर्ने जनाएका छन् । त्यसको लागि प्रदेशसँग पनि सहकार्य गर्ने बताए । ‘हामीहरु वहाँहरुलाई खेल्नबाट बञ्चित गर्दैनौं । हामी वहाँहरुलाई खेल्न प्रदेशबाट समन्वय गर्दछौं, रोशनले भने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ४० लाख रुपैयाँ विनियोजन गरेको छ । बाँकी खर्च क्यानले आन्तरिक स्रोतबाट पूरा गर्नेछ । प्रतियोगिता प्रदेश एकको सुनसरीको इटहरी मैदानमा पुस २९ देखि सुरु हुनेछ । पुलिसले नवौं राष्ट्रिय खेलकुदमा नेपाल एपिएफ क्लबलाई फाइनलमा ५ रनले हराउँदै डेब्यू प्रतियोगितामै स्वर्ण जितेको थियो ।

पुलिसको टोलीमा रुविनासँगै काजल श्रेष्ठ, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, संगिता राई, सबनम राई र हिरनमयी राय नेपाली टोलीबाट खेलि सकेका छन् । तीव्र गतिका बलर ईश्वरी विष्ट, सम्झ्ना खड्का, रेवती धामी, शोभा रोकाया, मनिषा उपाध्याय र लक्ष्मी साउद छन् ।

८ जना नेपाली टोलीका सदस्य हुँदा बाँकी घरेलु क्रिकेटमा राम्रो गर्दै आएका छन् । प्रदेश एक र सुदूरपश्चिम प्रदेशका खेलाडीको बाहुल्यता छ । बाँकी सात खेलाडी सुदूरपश्चिमबाट छन् । ईश्वरी बिष्ट, शोभा रोकाया, लक्ष्मी साउद, कविता कुँवर, कविता जोशी, सम्झना खड्का र रेवती धामी सुदूरपश्चिमका खेलाडी हुन् । मनिषा उपाध्याय सुदूरकै हुन् । तर उनले यू–१९ र घरेलु क्रिकेट गण्डकीबाट खेल्ने गर्थिन् ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.