default_image

3 years ago

December 31, 2022

‘विकेटकिपिङमा म आत्मविश्वासी थिएँ, टोली अलिकति थिएन’

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले पहिलो पटक विकेटकिपरको भूमिका निर्वाह गरेपछि आफ्नो भूमिकामा आफू आत्मविश्वास भएपनि टोली अलिकति नभएको बताएका छन् ।

लुम्बिनी अल स्टार्सका कुशल भुर्तेलले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सविरुद्ध विकेटकिपरको भूमिका निर्वाह गरेका थिए । ‘पहिलो पटक विकेटकिपर भूमिका ठिकै भयो । म आत्माविश्वासी (कन्फिडेन्ट) थिए । तर टिम अलिकति थिएन,’कुशलले विकेटकिपरको अनुभव सुनाए ।

दुवै विकेटकिपर अनिल शाह र लाहिरु मिलान्था विविध कारण उपलब्ध नभएपछि कुशलले विकेटकिपिङ गर्नु परेको थियो । ‘अनिल हिजो (शुक्रबार) दुर्भाग्यबस घर जानु पर्यो । लाहिरु घाइते थियो । त्यसैले जोखिम नलिएर टिममा विकेटकिपर कोहि नभएर कस्ले गर्ने भनेपछि मैले गर्छु भनेको हो । अरु केहि होईन’, कुशलले भने ।

लुम्बिनी लगातार पाँच खेलमा जितपछि पोखरा एभेन्जर्सविरुद्ध ९ विकेटले पराजित भयो । कुशल ३०/३५ रन कम भएको बताउँछन् । ‘समग्र रुपमा भन्ने हो भने सुरुवात राम्रो पाएको थियो । हाम्रो जहिले पनि हेर्ने हो भने पावर प्लेपछि १५ ओभर सम्म हाम्रो ब्याटिङ मिलेको छैन । हाम्रो ३०/३५ रन कम भयो । त्यसैले १ सय २८ रन पूरा गर्न उनीहरुलाई सहज भयो । आसिफ शेखले पनि राम्रो खेल्यो’, कुशलले भने ।

कुशलले ओपनर देखि फिनिसरसम्म ब्याटिङ गरिसकेका छन् । पहिला मिडियम पेशमा बलिङ गर्ने कुशल पछिल्लो समय लेगस्पिनरको भूमिका निर्वाह गर्दै आएका छन् । कुशलले आफूले गर्नुपर्ने धेरै रहेको बताउँछन् । गतवर्ष एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सको कप्तानी समेत गरेका थिए ।

‘मैले गर्नुपर्ने बाँकी धेरै नै छ । आफूले जे खोजि राखेको छु त्यो भई राखेको छैन । जति जे भनेपनि मैले रन हान्न बाँकी हो । मेरो ध्यान ब्याटिङ हो । त्यसपछि टिमलाई जे चाहिन्छ म त्यो गर्न तयार छु’, उनले भने ।

मिलान्था लुम्बिनीको पाँच मध्य तीन खेलमा प्लेयर अफ द म्याच चुनिदै आएका थिए । लुम्बिनीको सबै खेलमा विकेटकिपर मिलान्था थिए । यस प्रतियोगिता सर्वाधिक रन बनाउने तथा सानदार प्रदर्शन गर्दै आएका मिलान्था घाइते छन् ।

नेपाली क्रिकेट टोलीबाट विकेटकिपरको भूमिका निर्वाह गरि सकेका अनिल कुमार शाह भने टोलीमै उपलब्ध छैनन् । लुम्बिनीका अनुसार अनिल शुक्रबार राती नै घर बाराको कलैया फर्किएका छन् । अनिलका हजुरबुबाको निधनपछि शुक्रबार राती नै कलैया फर्किएका हुन् ।

ईशान पान्डे पनि तेस्रो विकल्प हुन् । तर उनी अन्तिम १५ मै छैनन् । कम्तिमा २४ घण्टा अगाडि नै टेक्निकल कमिटीलाई खेलाडी परिवर्तनको लागि प्रस्ताव गर्नुपर्छ । यदि टेक्निकल कमिटीले स्वीकृति दिएको खण्डमा मात्रै अन्तिम १५ मा नभएको खेलाडी खेलाउन पाइन्छ । त्यसैको कारण लुम्बिनीले कुशललाई विकेटकिपरको रुपमा मैदान उतारेको हो ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.