3 years ago
December 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा आक्रामक ब्याटिङ अलराउन्डर सिद्धान्त लोहनीले आफ्नो दिमागमा छक्का हान्ने मात्रै हुने बताएका छन् । पोखरा एभेन्जर्सबाट नेपाल टि२० लिगमा राम्रो प्रदर्शन गर्दै नेपाली क्रिकेट टोलीमा पूनरागमनको सम्भावना देखाएका सिद्धान्तले उक्त प्रतिक्रिया लिएका हुन् ।

शनिबार पहिलो खेलमा पोखराले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले हरायो । जारी प्रतियोगितामा लुम्बिनी पहिलो हार थियो । पोखराले दोस्रो जित थियो । यसअघिका खेलमा हारेपनि सिद्धान्त टोलीको माहोल (वातावरण) राम्रो भएको बताउँछन् ।
‘हामीले अगाडिको खेल गुमाएपनि टिममा वातावरण राम्रो थियो । किनभने हामीले एकदमै नजिक पुगेर हारेका थियौं । एकदमै खराब क्रिकेट कोहि खेलमा पनि खेलेका थिएनौं । टिममा एक अर्कामा विश्वास थियो । आज पनि जितमा सबैको योगदान रह्यो । टिममा एकदम राम्रो वातावरण हुँदा खुसी छु’, सिद्धान्तले लुम्बिनीलाई हराएपछि भने ।
पोखराले शुक्रबार फार वेस्ट युनाइटेडविरुद्ध १ सय ८८ रनको लक्ष्य पूरा गरेको थियो । त्यसले गर्दा पनि टोलीको मनोबल झनै बढेको बताउँछन् । ‘पक्कैपनि हिजोको लक्ष्य पूराले पनि मनोबलमा काम गर्यो । हिजो विकेट एकदमै राम्रो थियो । उनीहरुले जुन रुपमा ब्याटिङ गरे चौथो इनिङमा झनै राम्रो भएको थियो । हामीले १ सय ८८ रन सजिलै पूरा गर्न सक्छौं । हाम्रो ब्याटिङ लाइनअप तलसम्म छ । अन्तिममा आएर विपिनले पनि महत्वपूर्ण चौका हान्यो’, सिद्धान्तले भने ।

सिद्धान्त पछिल्लो समय राम्रो लयमा छन् । यस प्रतियोगितामा पनि राम्रो लयमा देखिएका छन् । जनकपुर रोयल्सविरुद्ध १६ बलमा ४ छक्कासहित २९ रनमा आउट भएका थिए । जसक्रमा उनले एकै ओभरमा जनकपुरका कप्तान ट्रेभन ग्रिफिकलाई चार छक्का हानेका थिए । जसक्रममा एक छक्का हेलिकप्टर सट थियो । सिद्धान्त आफ्नो जीवनकै उत्कृष्ट दिनहरु रमाइरहेको बताउँछन् ।
‘मैले आफ्नो जीवनको सबैभन्दा उत्कृष्ट दिनहरु रमाईलो गर्दैछु । खाली दिमागमा म केहि राख्दिन । मेरो दिमागमा छक्का हान्ने मात्रै हुन्छ । म केहि सोच्दिन । यो प्रतियोगितामा सर्वाधिक छक्का हान्छु भनेर आएको छु । त्यो नै निरन्तरता गरि रहेको छु’, उनले आफ्नो लक्ष्य सुनाए ।
सिद्धान्तले २०१५ मा आइसिसी टि२० विश्वकप ग्लोबल छनोटमा जर्सीविरुद्ध नेपालका लागि डेब्यू गरेका थिए । उक्त खेलमा २७ रन जोडेका सिद्धान्तले हेलिकप्टर सट हान्दै विश्वभर चर्चा पाए । त्यसपछि भने उनले नेपाली टोलीमा मौका पाएनन् । चोटका कारण पनि उनलाई पुनरागमन गर्न कठिन पर्यो ।

‘बीचको समय गाह्रो नै थियो । प्रदर्शन गर्न पनि मौका पाएको थिएन । आफूमा केहि परिवर्तन ल्याउनु पर्छ कि जस्तो लागेको थियो । धेरै कुराहरु परिवर्तन गर्न पनि गए । तर त्यसमा सफलता पाइन । फेरि मलाई चोट भएपछि गाह्रो भयो । मेरोबीचमा हेलिकप्टर शट हान्दा पनि बल गुडेर गएको थियो । उडिरहेको थिएन । म टेनिसबल क्रिकेट पनि एकदमै खेलेको थिए । त्यसैले मलाई हिटिङको लागि एकदमै सहयोग गर्यो । त्यो हिटिङ पुन फिर्ता आएको फिल भएको छ’, सिद्धान्तले भने ।
सिद्धान्त लयमा फर्किन फिटनेशमा पनि काम गरेको बताउँछन् । ‘मैले फिटनेसमा काम गरे । अलिकति तौलपनी घटाए । मैले धेरै बाउन्ड्री हान्ने नै प्रयास गरेको छु । टि२० हो त्यसको लागि बाउन्ड्री नै महत्वपूर्ण हुन्छ । प्रतियोगिता अघि पनि हामीले मुलपानीमा राम्रो सेवा सुविधा पाएका थियौं । त्यसले गर्दा पनि धेरै सहयोग गर्यो’, उनले भने ।

सिद्धान्तले ब्याटिङ मात्रै होईन बलिङमा पनि मिहिनेत गरेका छन् । लेग स्पिनमा राम्रो प्रदर्शन गर्दै आएका छन् । ‘राम्रो नै भएको छ । अहिले आत्माविश्वासी बढी छु । पहिला पनि फाल्थें । मैले आफ्नो उत्कृष्ट दिनहरु बिताइरहेको छु । बलिङ गर्दापनि मेरो विकेट टु विकेट राख्ने सामान्य योजना हुन्छ । त्यसले नै मलाई सफलता दिएको छ’, सिद्धान्तले भने ।
सिद्धान्त नेपाली टोलीमा फर्किने ठूलो सपना रहेको बताउँछन् । ‘म नेपाली टोलीमा फर्किन लगातार राम्रो प्रदर्शन गर्नुपर्यो । एउटा ठूलो सपना पनि छ । जसरी भएपनि पूनरागमन गरौं भन्ने सोचले खेली राखेको छु’, सिद्धान्तले टुंग्याए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]