default_image

1 year ago

January 1, 2023

ज्ञानेन्द्र फेरि डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ल नेपाल टि२० लिगमा फेरि डक आउट भएका छन् । जनकपुर रोयल्सविरुद्ध ज्ञानेन्द्र मल्ल डक आउट भएका हुन् । टियु क्रिकेट मैदानमा भएको टस हारेर नाइट्सले पहिला ब्याटिङ गरि रहेको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको चौथो ओभरको दोस्रो बलमा […]

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ल नेपाल टि२० लिगमा फेरि डक आउट भएका छन् । जनकपुर रोयल्सविरुद्ध ज्ञानेन्द्र मल्ल डक आउट भएका हुन् ।

टियु क्रिकेट मैदानमा भएको टस हारेर नाइट्सले पहिला ब्याटिङ गरि रहेको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको चौथो ओभरको दोस्रो बलमा ज्ञानेन्द्र विकेटकिपर चाडविक वाल्टनबाट क्याच आउट भएका थिए ।

ज्ञानेन्द्रले ३ बल खेल्दा खाता खोल्न सकेनन् । ज्ञानेन्द्र नेपाल टि२० लिगमा पाँच मध्य तीन खेलमा डक आउट भएका हुन् । ज्ञानेन्द्रले पाँच खेलमा मात्रै १४ रन बनाएका छन् ।

ज्ञानेन्द्र यसअघि पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार्ससँग पनि शून्यमै अल आउट भएका थिए । फार वेस्टविरुद्ध ९ बलमा १ छक्कासहित १३ रन र जनकपुर रोयल्ससँग एक जोडेका थिए । काठमाडौंले ६ ओभरमा ३ विकेट गुमाउँदै ४० रन बनाएको छ ।

क्रिजमा सुनाम गौतम र लोकेश बम छन् । इंग्लिस ब्याटर एलेक्स ब्लेक २० रनमा आउट भए । जितेन्द्र मुखियाले विरनदीप सिंहलाई ९ रनमा बोल्ड गरेका थिए । काठमाडौं ४ खेलमा ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ ।

लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित शीर्षस्थानमा छ । जनकपुर रोयल्स ५ खेलमा ४ बलमा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.