default_image

3 years ago

January 1, 2023

सुनम र रायनको उत्कृष्टको ब्याटिङमा काठमाडौंको बलियो योगफल

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सुनम गौतम र मध्यक्रमका ब्याटर रायन बर्लको उत्कृष्ट ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्सलाई १ सय ८१ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रन बनायो । काठमाडौंका सुनम गौतमले ४७ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६२ रन बनाए ।

रायन बर्ल ४० बलमा ४ चौका र ३ छक्कासहित ६१ रनमा अविजित रहे । जिम्बावेका स्टार ब्याटर बर्लले पहिलो अर्धशतक हान्नेक्रममा राम्रो अन्त्य गरे । काठमाडौंको सुरुवात राम्रो हुन सकेन ।

जितेन्द्र मुखियाले दोस्रो ओभरमै विरनदीप सिंहलाई ९ रनमा बोल्ड गरे । चौथो ओभरको दोस्रो बलमा जितेन्द्रले नै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्यमा चाडविक वाल्टनबाट क्याच गराए ।

ज्ञानेन्द्र जारी प्रतियोगितामा पाँच मध्य तीन खेलमा डक आउट भएका हुन् । इंग्लिस ब्याटर एलेक्स ब्लेक १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा क्याच आउट भए । ब्लेक क्याच आउट हुँदा काठमाडौं ४०–३ को कमजोर सुरुवातको अवस्थामा थियो । चौथो विकेटका लागि सुनम र रायन बर्लले मिलेर ८४ रनको साझेदारी गर्दै राम्रो योगफलको सम्भावना देखाएका थिए ।

कप्तान ट्रेभन ग्रिफिकको बलमा सुनम सन्दीप जोराबाट क्याच आउट भए । सुनमको यो नेपाल टि२० लिगको पहिलो अर्धशतक हो । लोकेश बम ७ र आज्मातुल्लाह ओमारजाईले १० रन बनाए । जनकपुरका जितेन्द्र मुखियाले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । शराफुद्दिन अशरफ र ट्रेभन ग्रिफिथले एक एक विकेट लिए ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.