3 years ago
January 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अभिनाश बोहराको उत्कृष्ट बलिङमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्समाथि ९० रनको सानदार जित हात पारेको छ । तेस्रो जितसँगै प्लेअफ सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रनमा अल आउट भयो । जनकपुरका शराफुद्दिन अशरफले ३१ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाए । सोमपाल कामीले २९ बलमा २ चौका २१ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
लज्जास्पद ब्याटिङ गर्नेक्रममा जनकपुरका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय ३३-७ को दयनीय अवस्थामा पुगेको जनकपुरलाई सोमपाल कामी र शराफुद्दिन अशरफले ५४ रनको साझेदारी हारको अन्तर घटाएका थिए ।
कप्तान ट्रेभन ग्रिफिक र चाडविक वाल्टनले खाता खोल्न सकेनन् । खडक बोहरा १०, सन्दीप जोरा २, पवन सरार्फ ४, मोहम्मद आदिलले ९ रन बनाए ।
काठमाडौंका अभिनाश बोहराले ३.१ ओभरमा १३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आजमतुल्लाह ओमरजाईले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । बसिर अहमदले ४ ओभरमा १६ रन खर्चेरर १ विकेट लिए । कमलसिंह ऐरी र अनिल खरेलले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रन बनायो । काठमाडौंका सुनम गौतमले ४७ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६२ रन बनाए ।

रायन बर्ल ४० बलमा ४ चौका र ३ छक्कासहित ६१ रनमा अविजित रहे । जिम्बावेका स्टार ब्याटर बर्लले पहिलो अर्धशतक हान्नेक्रममा राम्रो अन्त्य गरे । काठमाडौंको सुरुवात राम्रो हुन सकेन ।
जितेन्द्र मुखियाले दोस्रो ओभरमै विरनदीप सिंहलाई ९ रनमा बोल्ड गरे । चौथो ओभरको दोस्रो बलमा जितेन्द्रले नै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्यमा चाडविक वाल्टनबाट क्याच गराए ।
ज्ञानेन्द्र जारी प्रतियोगितामा पाँच मध्य तीन खेलमा डक आउट भएका हुन् । इंग्लिस ब्याटर एलेक्स ब्लेक १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा क्याच आउट भए । ब्लेक क्याच आउट हुँदा काठमाडौं ४०–३ को कमजोर सुरुवातको अवस्थामा थियो । चौथो विकेटका लागि सुनम र रायन बर्लले मिलेर ८४ रनको साझेदारी गर्दै राम्रो योगफलको सम्भावना देखाएका थिए ।

कप्तान ट्रेभन ग्रिफिकको बलमा सुनम सन्दीप जोराबाट क्याच आउट भए । सुनमको यो नेपाल टि२० लिगको पहिलो अर्धशतक हो । लोकेश बम ७ र आज्मातुल्लाह ओमारजाईले १० रन बनाए । जनकपुरका जितेन्द्र मुखियाले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । शराफुद्दिन अशरफ र ट्रेभन ग्रिफिथले एक एक विकेट लिए ।
काठमाडौं नाइट्स ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ । लुम्बिनी अल स्टार्स ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंक जोड्दै शीर्ष स्थानमा छ । जनकपुर रोयल्स ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । डबल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले १० खेल खेल्नेछन् । ६ टोलीबाट शीर्ष चार प्लेअफमा पुग्नेछन् । जनकपुरले सोमाबार फार वेस्ट युनाइटेडसँग खेल्नेछ । काठमाडौंले पोखरा एभेन्जर्ससँग खेल्नेछ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]