3 years ago
January 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगबाट लगातार विदेशी खेलाडी र प्रशिक्षक फर्कन थालेका छन् । लिग मध्यभागमा आइपुग्दा केहि टोलीका प्रशिक्षक र विदेशी खेलाडी आन्तरिक कारण देखाउँदै नेपाल छाड्न थालेका हुन् ।

लिगमा सहभागी मध्यका सबैभन्दा ठूला नाम विराटनगर सुपर किंग्सका सुपरस्टार सिकन्दर राजाले नेपाल छाडिसकेका छन् । राजा शुक्रबार नै पाकिस्तान फर्केका हुन् । राजाले लिगमा दुई खेल मात्र खेलेर फर्किएका हुन् । राजाले दुई खेलमा ५५ रन बनाउनुको साथै एक विकेट लिए । लुम्बिनी अल स्टार्ससँग १७ रन बनाउँदा एक विकेट लिएका थिए। जनकपुर रोयल्सविरुद्ध ३८ रन बनाएका थिए ।
राजालाई त्यसपछि विराटनगरले पोखरा एभेन्जर्ससँग दुवै खेलमा बेन्चमा राखेको थियो । सामान्य चोट बोकेका राजा त्यसपछि खेल्न नपाएपछि पाकिस्तान फर्किएका हुन् । विराटनगरले भने औपचारिक रुपमा राजा किन फर्किएको जानकारी दिएको छैन । राजा पोखराविरुद्ध खेलमा बाउन्ड्री लाइनबाहिर पानी बोक्दै हिँडेका थिए । टोलीका उपकप्तान रोहित पौडेलले राजा सामान्य चोटका कारण बाहिर रहेको र अर्को खेल खेल्ने बताएका थिए । तर उनी बीचमै फर्केका छन् ।

इन्डियन प्रिमियर लिगमा पन्जाब किंग्सले अक्सनमा किनेपछि उनी फर्किएको चर्चा पनि छ । तर राजा यसै महिना हुने जिम्बावे र आयरल्यान्डको सिरिजमा खेल्ने तयारी गर्दैछन् । जिम्बावेकै रायन बर्ल प्रतियोगितामा खेलिरहँदा राजा फर्कनुले भने टोलीमा समस्या आएको आँकलन गर्न सकिन्छ । राजालाई अन्त्यसम्म खेलाउने सोच राखेको विराटनगरले उनको प्रस्थानपछि आफ्नै खर्चमा नेट बलरको रुपमा आएका सन्जिव कुमारस्वामीलाई मैदान उतार्नुपरेको थियो ।
जनकपुर रोयल्सका केज्रिक विलियम्स पनि वेस्टइन्डिज फर्किएका छन् । तीव्र गतिका बलर केज्रिकले जनकपुरबाट दुई खेलमा पाँच विकेट लिए । केज्रिक पहिलो खेलमै तीन विकेट लिँदै पोखराविरुद्ध प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो खेलमा विराटनगरविरुद्ध दुई विकेट लिएका थिए । केज्रिक पारिवारिक समस्या देखाउँदै स्वदेश फर्किएका हुन् ।
यस्तै जनकपुरका मुख्य प्रशिक्षक उमेश पटवाल पनि भारत फर्किएका छन् । नेपाली राष्ट्रिय टोलीका समेत प्रशिक्षक रहिसकेका पटवाल पारिवारिक समस्याका कारण फर्किएको बुझिएको छ ।

चार खेल खेल्न आएका भारतीय यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द पनि फर्किए । लुम्बिनी अल स्टार्सका चन्द योजना अनुसार नै सुरुवाती तीन खेल खेलेर फर्किएका हुन् । उनको स्थानमा आयरल्यान्डका ह्यारी टेक्टर आएका छन् । उन्मुक्त चन्द फार वेस्ट युनाइटेड र विराटनगरसँग दुई दुई रनमा आउट भएका थिए । पोखरासँग ३४ बलमा १ चौकासहित २२ रन बनाए ।
फार वेस्ट युनाइटेडसँग सुरुवाती पाँच खेल सकिँदासम्म दुई विदेशी खेलाडी मात्रै रहेका छन् । फार वेस्टमा टोलीको कप्तानी गरिरहेका अफगानिस्तानका हश्मतुल्लाह शाहिदी र युएईका उमेर अली मात्रै विदेशी खेलाडीको रपमा छन् । अफगानी ब्याटर मोहम्मद शहजाद आउने भनेपनि भिषाको कारण नआएको बुझिएको छ । आइतबार मात्रै फार वेस्टले श्रीलंका अलराउन्डर मिलिन्डा सिरीवर्धनालाई अनुबन्ध गरेको जनाएको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]