3 years ago
January 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इंग्लिस ब्याटर एलेक्स ब्लेकको विष्फोटक ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नाइट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । काठमाडौंका एलेक्स ब्लेकले २८ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको विष्फोटक इनिङ खेले ।
एक समय काठमाडौं १६ ओभरमा ९३–२ को अवस्थामा थियो । एलेक्स ब्लेक ५ बलमा ३ रनमा अविजित थिए । ब्लेकले १७ औं ओभरमा तुलबहादुर थापालाई दुई छक्का हाने । १९ औं ओभरमा आरिफ शेखलाई चार छक्कासहित २७ रन बटुलेपछि विशाल योगफल बनाएको थियो ।
ब्लेकले २३ बलमै अर्धशतक प्रहार गरे । जुन यस प्रतियोगिता सर्वाधिक छिटो हो । यसअघि पोखराका कुशल मल्लले लुम्बिनी अल स्टार्सविरुद्ध २४ बलमा अर्धशतक हानेका थिए ।
पहिलो विकेटमा लागि विरनदीप सिंह र सुनम गौतमले १२.४ ओभरमा ७३ रनको साझेदारी गरेका थिए । कुशल मल्लको स्वलो बलमा विरनदीप ३८ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा बोल्ड भए । सुनम ४२ बलमा ५ चौकासहित तुलबहादुरको बलमा क्याच आउट भए । एलेक्स ब्लेक अन्तिम ओभरको तेस्रो बलमा प्रतिश जि.सीको बलमा एलबीडब्लू आउट भए ।

तुलबहादुरले नै आजमतुल्लाह ओमरजाईलाई तीन रनमा बोल्ड गरे । सुरुवाती ९ ओभरमा ३८ रन मात्रै बनाएको थियो । १० औं ओभरमा जाहिर खानले १८ रन खर्चेपछि ५६-० को अवस्थामा थियो । अन्तिम १० ओभरमा ९८ रन जोड्यो । तुलबहादुर थापाले २ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कुशल मल्ल र प्रतिश जि.सीले एक एक विकेट लिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]