default_image

3 years ago

January 2, 2023

सुमितको उत्कृष्ट ब्याटिङमा पोखराको प्लेअफ सम्भावना कायमै

341 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर सुमित महर्जनको उत्कृष्ट प्रदर्शनमा पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई पाँच विकेटले हराएको छ । सुरुवाती पाँच खेलमा हारपछि उत्कृष्ट पूनरागमन गर्दै लगातार तीन खेलमा जितका साथ पोखराले प्लेअफ सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पोखराका ओपनर सुमित महर्जन ५२ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रनमा आउट भए ।

सुमितको यो फ्रेन्चाइज क्रिकेटमा उत्कृष्ट प्रदर्शन समेत हो । सुमित महर्जनले कमलसिंह ऐरीको छैटौं ओभरको पाँचौं बलमा गौतम केसीले ३३ रनमा क्याच छोडेपछि महत्वपूर्ण जीवनदान पाएका थिए । उपुल थरंगा ४९ बलमा ५ चौका र १ छक्कासहित ५८ रनमा आउट भए ।

त्यस्तै उपुल थरंगाले नवौं ओभरको तेस्रो बलमा २० रनमा जीवनदान दिएका थिए । विकेटकिपर लोकेश बमले क्याच छाडेका थिए । कमलसिंह ऐरीले ओपनर आसिफ शेखलाई ७ र आरिफ शेखलाई शून्यमा आउट गरे । तेस्रो विकेटका लागि उपुल थरंगा र सुमित महर्जनले १ सय १२ रनको सानदार साझेदारी गर्दै सहज जित नजिक पुर्याए ।

अन्तिम तीन बलमा तीन रन चाहिँदा कुशल मल्लले विजयी छक्का प्रहार गरेका थिए । कुशल ८ बलमा १४ रनमा अविजित रहे । काठमाडौंका कमलसिंह ऐरीले ३.४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । अनिल खरेलको नाममा एक विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नाइट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । काठमाडौंका एलेक्स ब्लेकले २८ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको विष्फोटक इनिङ खेले ।

एक समय काठमाडौं १६ ओभरमा ९३–२ को अवस्थामा थियो । एलेक्स ब्लेक ५ बलमा ३ रनमा अविजित थिए । ब्लेकले १७ औं ओभरमा तुलबहादुर थापालाई दुई छक्का हाने । १९ औं ओभरमा आरिफ शेखलाई चार छक्कासहित २७ रन बटुलेपछि विशाल योगफल बनाएको थियो ।

ब्लेकले २३ बलमै अर्धशतक प्रहार गरे । जुन यस प्रतियोगिता सर्वाधिक छिटो हो । यसअघि पोखराका कुशल मल्लले लुम्बिनी अल स्टार्सविरुद्ध २४ बलमा अर्धशतक हानेका थिए ।

पहिलो विकेटमा लागि विरनदीप सिंह र सुनम गौतमले १२।४ ओभरमा ७३ रनको साझेदारी गरेका थिए । कुशल मल्लको स्वलो बलमा विरनदीप ३८ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा बोल्ड भए । सुनम ४२ बलमा ५ चौकासहित तुलबहादुरको बलमा क्याच आउट भए । एलेक्स ब्लेक अन्तिम ओभरको तेस्रो बलमा प्रतिश जि।सीको बलमा एलबीडब्लू आउट भए ।

तुलबहादुरले नै आजमतुल्लाह ओमरजाईलाई तीन रनमा बोल्ड गरे । सुरुवाती ९ ओभरमा ३८ रन मात्रै बनाएको थियो । १० औं ओभरमा जाहिर खानले १८ रन खर्चेपछि ५६-० को अवस्थामा थियो । अन्तिम १० ओभरमा ९८ रन जोड्यो । तुलबहादुर थापाले २ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कुशल मल्ल र प्रतिश जि।सीले एक एक विकेट लिए ।

लुम्बिनी ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ । लुम्बिनी प्लेअफमा पुगि सकेको छ । जनकपुर रोयल्स ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । काठमाडौं ६ खेलमा ३ मा जित र ३ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ ।

पोखरा ८ खेलमा ३ मा जित र ५ मा हारसहित चौथो स्थानमा छ । पोखरा प्लेअफमा पुग्न बाँकी दुबै खेल जित्नुपर्छ । विराटनगर सुपर किंग्स र फार वेस्ट युनाइटेडको नतिजामा पनि भरपर्नुपर्छ । विराटनगर ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ । फार वेस्ट युनाइटेड ५ खेलमा ४ मा हार र १ मा जितसहित पुछारमा छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.